बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार ५:४७:५३
नयाँ दिल्ली । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ ।
सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो ।
“यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ,” केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले एएफपीसँग भने ।
पछिल्लो विवरण अनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार जना नराम्रोसँग प्रभावित भएको उनले बताए । केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उनले जानकारी दिए ।
छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ । यो तथ्याङ्क पछिल्लो समयको सवै भन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन् ।
“हाम्रो राज्यबाट ५ लाख ८० हजार भन्दा बढी विस्थापित भएका छन्,” कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले एएफपीसँग भने । बाढीका कारण धेरै राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ ।
भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन् । उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अरु दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार