चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार ५:५५:१७
एजेन्सी । चीनमा कार बिक्री दरमा गत बर्षको जुनको तुलनामा यस बर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ ।
“यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस बर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,” संघका महासचिव चेन सिहुआले बताए ।
“सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार विक्री भएको छ,” चेनले भने । यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो ।
चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ ।
विद्युतीय उर्जाबाट चल्ने कारको विक्रीमा पनि गत बर्षको तुलनामा यस बर्षको शुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताए ।
विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस बर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार