भारतसँग अन्तिम गोली रहँदासम्म लड्न तयार छौँ : पाकिस्तानी सेना
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १८:४८:३५
१ भाद्र, एजेन्सी । भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ।
विदेश मन्त्री शाह महमुद कुरैशीले भने, ‘पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न पूर्ण रूपमा तयार अवस्थामा छन्।’ कुरैशीले पाकिस्तानमा कश्मीरबारेको विशेष समितिको बैठकपछि उक्त धारणा व्यक्त गरेका हुन्।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भनेका छन्, कश्मीरको निम्ति पाकिस्तान अन्तिम सेना र अन्तिम गोली रहँदासम्म लड्ने छ। उनले भने, ‘भारतले स्वतन्त्र कश्मीरबारे बिर्सियो: र आफ्नो नियन्त्रणमा रहेको कश्मीरको बारेमा कुरा गरोस्। पाकिस्तान भारतको कुनै पनि दुस्साहसको जबाफ दिन तयार छ।’
भारतीय नेताहरूले संसद्मा बोल्दै पाकिस्तान प्रशासित कश्मीरलाई पनि आफ्नो नियन्त्रणमा लिने धारणा व्यक्त गरेका थिए। जसलाई पाकिस्तानले स्वतन्त्र कश्मीर भन्ने गर्दछ।
विदेशमन्त्री कुरैशीले कश्मीर मामिलाबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अनौपचारिक बैठक ऐतिहासिक भएको बताए। सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले उक्त बैठकको विरोध नगरेको र त्यो पाकिस्तानको निम्ति ठूलो उपलब्धि भएको उनको भनाइ छ। तर पाकिस्तानकै केही पूर्व राजदूतले त्यसलाई कुनै उपलब्धि ठानेका छैनन्।
अमेरिकास्थित पाकिस्तानका पूर्वराजदूत हुसैन हक्कानीले ट्विटरमा चीन वर्षौँदेखि पाकिस्तानको समर्थक रहँदै उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘यदि सुरक्षा परिषद्मा ऊ मात्र पाकिस्तानी धारणाको एक्लो समर्थक रहने र औपचारिक बैठकको निम्ति अरू कसैको साथ नपाउने हो भने पाकिस्तानले मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र त्यसप्रति व्यापक समर्थन जित्न कसरी सफल हुन्छ ?’
जम्मू-कश्मीरका प्रहरी महानिर्देशक दिलबाग सिंहले त्यहाँको एक तिहाइ भूभागमा कर्फ्यु खुकुलो पारिएको बताएका छन्। मानिसहरूले प्रशासनलाई पूर्ण रूपमा साथ दिइरहेको र सहयोग गरिरहेको उनको दाबी छ। मानिसहरूले सेनालाई सहयोग गरिरहेको बताउँदै उनले केही मानिस भने हिंसामा सहभागी रहेको पनि उल्लेख गरे।
तर जम्मू-कश्मीरमा एक ठाउँमा चारजनाभन्दा बढी मानिस भेला हुन अझै प्रतिबन्ध नै छ। त्यसलाई बिहान सात बजेदेखि दिउँसो एकबजेसम्म केही खुकुलो पारिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार