राष्ट्रपतिको सक्रियताले नेकपा एकतामा नयाँ विवाद
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार २१:३४:२४
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा बल्लतल्ल एकता त भयो तर नयाँ विवाद लिएर । आन्तरिक लोकतन्त्रलाई तिलाञ्जली दिएर बलपूर्वक गरिएको एकता स्वतस्फूर्त नभई करबलले भएको देखिन्छ । एकता प्रकृयामा मुख्य तगारोका रुपमा रहेको स्कूल विभागको विवाद मिलाउन त मिलाइयो, तर नयाँ विवाद खडा गरेर । प्रधानमन्त्री खड्गप्रसाद ओलीकै चाहना अनुसार, ईश्वर पोखरेललाई विभागको नेतृत्व दिइएको छ तर आलोचनामुक्त बस्नुपर्ने निकायकै सक्रियतामा । अर्थात राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यो काम भएको छ ।
जसले पार्टी भित्रै नयाँ विवाद खडा गरिदिएको छ । स्कूल विभागको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी नै फिल्डमा उत्रनु परेको छ । स्व. मदन भण्डारीको राजनीतिक लाइन बमोजिमको सैद्धान्तिक दस्ताबेजलाई पार्टीको आधिकारिक मार्गदर्शन बनाउन राष्ट्रपति भण्डारी पदीय मर्यादाको सीमा नाघेर राजनीतिक मैदानमा उत्रिइन् ।
मदनको लाइन नै आधिकारिक बनाउने गरी ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादको विकल्पमा अरु केही हुन नसक्ने अडान लिएकाले पूर्व माओवादीले उनको विरोध गर्दैै आएको थियो । तर राष्ट्रपति भण्डारीले यो मुद्धामा वामदेव गौतमको साथ र सहयोग जुटाएर ईश्वरलाई स्कूल विभागको नेतृत्व दिने वातावरण बनाइन् । पार्टी महासचिव विष्णु पौडेलले यसका लागि मुख्य भूमिका निर्वाह गरेको पूर्व एमाले सम्वद्ध एक नेताले बताएका छन् ।
नेकपाका दुई नेता खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा निस्किएका बेला महासचिव पौडेलले धेरै नै दौडधूप गरे । उनले वामदेव गौतम र ईश्वर पोखरलेबीच धेरै चरणमा कुरा गराए । साथै राष्ट्रपति विद्यादेवीको प्रभावको दुरुपयोग गर्ने काम पनि पौडेलले गरे । वामदेवलाई विद्याको सरकारी निवास मै पु¥याए । ओली र गौतमबीच सम्वन्ध सुधार हुँदा पूर्व एमालेमा सहजै पकड कायम हुने तर्कले यहाँ काम गरेको छ । ओलीसँग राम्रो सम्वन्ध बनाउन पछिल्लो समय गौतम आफैं लालयित थिए ।
यो कुराको भेउ पाएकी विद्याले गौतमको मनोभावनामा राम्रैसँग खेलिदिइन् । भेटका बेला गौतमलाई नेकपामा रोजेको पद दिलाउने वचन उनले दिएको स्रोतको भनाई छ । तर त्यसका लागि ईश्वर पोखरेललाई स्कूल विभाग जिम्मा दिने वातावरण तयार गर्नुपर्ने सर्त राखियो ।
यसका लागि गौतम राजी भए । प्रचण्डलाई मनाउन सके यो काम गाह्रो नभएको नेताहरुले अनुमान गरेका थिए । प्रचण्डका समेत प्रिय पात्र वामदेवले यो जिम्मेवारी सहजै लिए । राष्ट्रपति भण्डारीले नै प्रचण्डलाई केही समयपछि प्रधानमन्त्री बनाउने प्रस्ताव राख्न सुझाइन् ।
नेकपा भित्र अध्यक्षद्वयको दादागिरीले आम कार्यकर्ता मै निराशा बढाएको उनको तर्क छ । यति बेला पूर्व एमाले निकट नेता कार्यकर्ता बढी नै आक्रोशित छन् । साथै आलंकारिक राष्ट्रपतिबाट देखाइएको सकृयताले संविधानकै खिल्ली उडाएको उनको भनाई छ । पूर्व एमाले भनेको चुस्त, दुरुस्त, र जीवन्त संगठन भएको पार्टी थियो । आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उनले भने माओवादीलाई पार्टीमा छिराउने वित्तिकै सबै मर्म र आस्था मूर्छित बनाइएको छ । विगत एक वर्षदेखि नेकपाको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
नभन्दै वामदेवले प्रचण्डलाई भेटेर त्यस्तै प्रस्ताव राखिदिए । प्रचण्ड यसमा सहमत भए । तर ओलीको सहमति आवश्यक रहेको प्रचण्डको सर्त थियो । यो सन्देश वामदेवले राष्ट्रपतिलाई दिए । विद्याले यो काम आफूले गराउने वचन दिइन् । प्रधानमन्त्री ओली सिंगापुरबाट फिर्केपछि विष्णु पौडेलले सबै विस्तारमा बताए । साथै विद्याले पनि ओलीमाथि दवाव बढाइन् । फलत : ओली हाललाई प्रचण्डको चाहना पूरा गर्न सहमत देखिए ।
ईश्वरलाई स्कूल विभाग दिन यो उपयुक्त अवसर हो भन्ने उनको ठम्याई रह्यो । सोही बमोजिम ओलीले प्रचण्डलाई उधारो प्रधानमन्त्रीको आश्वासन दिए । त्यसले प्रचण्डलाई उत्साहित बनायो । दुवै अध्यक्षबीच यसबारे पटक–पटक छलफल भए । सबै भेटमा वामदेव र विष्णु पौडेल सहभागी थिए । यसबाट ओलीले एउटा तिर चलाएर तीनवटा शिकार गरेका छन् ।
पहिलो त वामदेवलाई पूर्णतः आफ्नो पकडमा लिन उनी सफल भएका छन् भने दोस्रोमा प्रचण्डलाई उधारो प्रधानमन्त्री बनाउने आश्वानबाट ईश्वरलाई स्कूल विभागमा ल्याउने बाटो खोलेका छन् । तेस्रो तर सबैभन्दा महत्वपूर्ण चाहिं पार्टी भित्रका स्थायी प्रतिपक्षी माधवकुमार नेपालको हूर्मत लिन उनी सफल भएका छन् । पार्टी भित्र सधैं अफ्ठेरो पार्ने नेपाललाई वरियताक्रम घटाउने गरी निर्णय गर्ने अवस्था बनाइएको छ ।
पार्टीका पूर्व अध्यक्ष एवं नेता झलनाथ खनाल सधैं आफ्नो मानमर्दन भएको भन्दै वरियताको प्रश्न उठाउँदै आएका नेता हुन् । ओलीले अब यो मुद्धा सचिबालयमा औपचारिक रुपमै वहसको विषय बनाइदिएका छन् । झलनाथ आफैंले यो मुद्धा प्रवेश गराएका छन् । झलनाथलाई तेस्रो वरियता दिने गरी निर्णय गर्न नेताद्वय सहमत भएका छन् । यसले माधवकुमार नेपालको भने कन्पारा तताएको छ । आफूलाई निचो देखाउन र पार्टी कब्जा गर्न ओली पक्षले षडयन्त्र गरेको उनको बुझाइ छ । यसको सशक्त प्रतिकार गर्ने उनको तयारी छ । तर अध्यक्षद्वय र झलनाथ एक ठाउँमा उभिएपछि माधवको लाली गवाईको कुनै अर्थ देखिंदैन ।
तर यसले पार्टी एकीकरणसँगै नयाँ विवाद र अविश्वास भने खडा गरिदिएको छ । कुनै पनि बेला विष्फोट हुन सक्ने अवस्था छ । नेपाल पक्षधर छुट्टै छलफल र सम्वादमा जुटेको छ । प्रचण्ड र वामदेवले आफूलाई ठूलो धोका दिएको माधवको बुझाई रहेको छ ।
निकट नेताहरुसँग उनी निरन्तर छलफल गरिरहेका छन् । तर के गर्ने भन्ने ठोस निर्णयमा भने पुग्न नसकेको उनी निकट एक नेताले बताएका छन् । नेकपा जति ठूलो र शक्तिशाली भयो आन्तरिक लोकतन्त्र भने त्यति नै कमजोर र निरिह बनेको उनको टिप्पणी छ ।
स्कूल विभाग विवादले ओली तनावमा
नेकपा भित्र अध्यक्षद्वयको दादागिरीले आम कार्यकर्ता मै निराशा बढाएको उनको तर्क छ । यति बेला पूर्व एमाले निकट नेता कार्यकर्ता बढी नै आक्रोशित छन् । साथै आलंकारिक राष्ट्रपतिबाट देखाइएको सकृयताले संविधानकै खिल्ली उडाएको उनको भनाई छ । पूर्व एमाले भनेको चुस्त, दुरुस्त, र जीवन्त संगठन भएको पार्टी थियो । आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उनले भने माओवादीलाई पार्टीमा छिराउने वित्तिकै सबै मर्म र आस्था मूर्छित बनाइएको छ । विगत एक वर्षदेखि नेकपाको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
अरु निकाय पनि आलंकारिक जस्ता मात्र भएका छन् । जति पनि निर्णय हुन्छ , केवल दुई अध्यक्षको कोटको खल्तीबाट हुने गरेको छ । अध्यक्षद्वयको निर्णयलाई अनुमोदन गर्ने निकाय मात्र बनेको छ पार्टी सचिवालय । नेकपाको भित्र आन्तरिक लोकतन्त्र कमजोर मात्र होइन सैद्धान्तिक पक्ष समेत फितलो बन्न थालेको छ । दुई तिहाई समर्थनमा सरकार बनेपछि ओलीमा देखापरेको अहंकारले घर गरेको छ । त्यसैले स्वतन्त्रता, लोकतन्त्र, जनअधिकार, मानव अधिकार र प्रेस स्वतन्त्रता कमजोर बनाउन खोजिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार