इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ, पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारद्धारा अस्वीकार
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार १५:५८:३५
२ भाद्र, एजेन्सी । सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ।
ग्रेस-१ पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रवार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको पूर्वतर्फ अगाडि बढिरहेको छ।
अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ । फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरुद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन।
यता अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्ककारी मान्ने इरानको इस्लामिक रेभलूशनरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो।
ब्रिटिश झण्डावाल स्टेना इम्पेरो जहाजअझै इरानी कब्जामा छ।
जिब्राल्टारले भने आइतवार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्वीकार्न नसक्नुमा रेभलूशनरी गार्डलाई ईयूले आतङ्कवादी सङ्गठन नमान्नु रहेको बताएको छ।
इरानले आवश्यक परेमा आफ्ना जलसेना उक्त पानीजहाजलाई सुरक्षा दिँदै अगाडि बढाउन तयार रहेको बताएको थियो। उक्त पानीजहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी चालकदल २९ सदस्य थिए।
पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा जुलाई ४ मा पक्राउ गरिएको थियो। जिब्राल्टारले भनेको छ । उक्त कार्गो सिरिया नपुग्ने इरानी सुनिश्चितता भएपछि उक्त जहाज छाडिएको हो।इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्या वान भएको छ र इरानी झण्डा फहराउँदै अगाडि बढेको छ।
इरानको आणविक कार्यक्रमका विषयमा इरान र पश्चिमा विश्वबीच तनाव
ब्रिटिश झण्डावाल स्टेना इम्पेरो जहाजअझै इरानी कब्जामा छ। इरानले उक्त जहाज सिरिया जानको लागि हिँडेको भन्ने कुरालाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। ब्रिटिश स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध तोडेको आरोपमा पक्राउ गरिएको थियो।
उक्त कदमले ब्रिटेन र इरानबीच पछिल्ला सातामा तनाव चुलिएको थियो। इरानले समेत ब्रिटिश झण्डावाल स्विडिश स्वामित्वको स्टेना इम्पेरो जहाजलाई खाडीमा पक्राउ गरेको थियो जुन अझै इरानी कब्जामा छ।
इरानको आणविक कार्यक्रमका विषयमा इरान र पश्चिमा विश्वबीच तनाव बढेको छ। इरानको कब्जामा फेरि अर्को विदेशी ट्याङ्कर गत वर्ष वाशिङ्टनले सन् २०१५ को इरानी परमाणु सम्झौताबाट बाहिरिको थियो।
उसले इरानले अझै परमाणुअस्त्र बनाउन चाहेको आरोप लगाएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।ब्रिटेन र अन्य युरोपेली देशहरू भने उक्त सम्झौतामा अझै कायम रहेको बताउँदै आएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार