दुबईबाट फर्किएर गाउँमै बाख्रापालन
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार १७:४३:१७
प्रकाश डोटेल
३ भदौ,स्याङ्जा । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यवसायिक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका ३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यहि संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् ।
विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा लाग्दा सुरुमा उनलाई मगज बिग्रिएको भन्नेहरु पनि भेटिए । पछि विस्तारै समाज सकारात्मक बन्दै गयो । “अहिले त फोनमा अर्डर आउँछ, विदेशमा भन्दा स्वदेशमा पैसा बचाएको छु, त्यो पनि परिवारसँग रमाएर ।” उनले भने ।
“दुबईमा हुँदा दुबो खुवाएर व्यावसायिक बाख्रापालन गरेको देखें ।” अधिकारीले भने, “खेर गएको दुबोको महत्व त्यहाँ बुझेपछि जन्मभूमीमै पसिना बगाउने अठोट गरेर स्वदेश फर्के ।” अधिकारीले आफ्नै गाउँमा २८ रोपनी जग्गा किनेर खोर निर्माण गरेर ०७१ सालमा लेकाली बाख्रा फार्म दर्ता गरि २५ वटा बाख्रा पाल्न शुरु गरे ।
बाख्रापालन गर्नुभन्दा पहिले घाँसको व्यवस्थापन गर्नसके निकै सजिलो हुने अनुभव उनले सुनाए । ५० वटा बाख्रा पाल्दा वार्षिक ४ लाख कमाउन सकिने उनले बताए । बाख्रा बाहेक वार्षिक रुपमा झण्डै ७० हजारको मल बिक्री गर्छन् अधिकारी । ५ रोपनी जग्गामा मण्डेला, नेपियर, भटमासे, लगायत जातको घाँस खेती पनि गरेका उनले ।
झोलामा फर्म बोकेर अनुदान प्राप्त गर्ने दिन अन्त्य भएको उनी बताउँछन् । उनले फर्म सञ्चालन गरेको ५ वर्षमा नै गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर लगायतका सामाग्री अनुदानमा प्राप्त गर्दा उनी उत्साहित छन् ।
‘नमुना बाख्रा गाउँ’ स्याङ्जाका सदस्यसमेत रहेका अधिकारी भन्छन्, “वैदेशिक रोजगारबाट फर्किएकालाई हरेक वर्ष प्राविधिक ज्ञान नमुना बाख्रा गाउँले प्रदान गर्दै आएको छ ।” वास्तविक कृषकले ज्ञान पाए भने झोले कृषक आफैं पाखा लाग्ने अधिकारी दाबी गरे । जिल्ला हाल खसी बोका पाल्ने १ सय ३५ बढी फर्म दर्ता भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार