जाभा टापूमा डुङ्गामा आगलागी : २२ बेपत्ता, २५५ को सकुशल उद्धार
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शनिबार ४:५८:३६
६ भदौ,काठमाडौं । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समयअनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना बेपत्ता भएका एक अधिकारीले बताएका छन् ।
शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत २५५ जनालाई सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् ।
इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए ।
सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताए, “यात्रारत २७७ जनामध्ये २५५ जनालाई सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।” डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने विषयमा अनुसन्धान शुरू भइसकेको नुग्रोहोले बताए ।
करीब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा वर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।
जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत वर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो ।
यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार