नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र चीनको बेइजिङस्थित दुताबासका मिनिस्टरबीच भेटघाट
नेपालबहस संवाददाता
भदौ ८, २०७६ सोमबार ०:३६:३१
८ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका मिनिस्टर (इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाह्राे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमानै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको धारणा राखे ।
अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपर्ने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरे ।
सो भेटमा चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाए । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
असोज ११, २०८१ शुक्रबार
कुन नदीमा छ बाढीको उच्च जोखिम ?
असोज ११, २०८१ शुक्रबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
असोज ११, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
असोज ११, २०८१ शुक्रबार
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार