विपिन बतासले दायर गरेको साइबर अपराधको मुद्दामा पत्रकार गिरीलाई सफाइ
नेपालबहस संवाददाता
भदौ ८, २०७६ सोमबार ०:५८:३९
८ भदौ, काठमाडौं । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन् । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आएका थिए ।
चार महिनापछि काठमाडौं जिल्ला अदालतले सो मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले गिरीलाई सफाइ दिएको हो । गिरीका विरुद्ध विपिन बतासले साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका थिए । विसं २०७६ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार