शालिकरामको रहस्यमय हत्या, रविउपरको षड्यन्त्र र निर्मला पन्तको सम्झना
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १८:३१:१६
♠ अर्जुननरसिंह केसी
हत्या, बलात्कार लगायतका अनेकौं अपराध हुँदै जाने तर अपराधी गायब हुने एक वर्षयताका अनौठा घटनाहरूबाट नेपाली समाजले असुरक्षा र त्रासदीबोध गरिरहेको छ । टीभी पत्रकार शालिकराम पुडासैनीको हत्या वा आत्महत्या के हो भन्ने रहस्यमय सवाल जिवितै छ, तर अनुसन्धानको क्रममा यतातिर ध्यानै दिइएन । यस्तो रहस्यात्मक मृत्युबारे ‘किटानी जाहेर’ आफैंमा ठीक थियो कि थिएन ? यो आफैंमा प्रश्न छ ।
टीभी कार्यक्रमका प्रस्तोता रवि लामिछाने लगायत युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जे–जसरी धरपकड गरियो, त्यस्तो शैलीमा वास्तबिक अपराधी पत्ता लगाउनेभन्दा प्रतिशोध, षड्यन्त्र र प्रतिअपराधको दुरासय (Mallafied intention) अन्तरनिहित भएको देखिएपछि स्वस्फूर्त रुपमा जनआक्रोश भड्किएको स्वतः बुझ्न सकिन्छ । कसैको पक्षमा आएको समर्थक भीड नै न्यायको स्रोत हुँदैन । न्यायालयले कुनैपनि दबाब, प्रभाव वा सत्ताको मोलाहिजाबाट मुक्त भएर निष्पक्ष फैसला गर्नुपर्छ र फैसलामा इन्साफ हुनैपर्छ । तर जब जनमानसमा सरकार, यसका गतिविधि र सम्पूर्ण संयन्त्रमाथि चरम अविश्वास हुन्छ, त्यसपछि यस्ता भीडहरू जनमतका रुपमा सडकमा आउँछन् । यसलाई अस्वाभाविक भन्न मिल्दैन ।
खासगरी रविलाई यही बहानामा नराम्रोसँग फसाउने ठूलो षड्यन्त्र थियो, जनसमुदायको अजेय शक्ति र अदालतको निर्णयले गर्दा पूर्ण विफल भयो । यसबाट न्यायिक निष्पक्षतामा अरु भरोसा बढेको छ । तर पनि षड्यन्त्रको श्रृङ्खला टुङ्गियो भनेर ढुक्क हुनुहुँदैन । षड्यन्त्रकारीहरूको पहुँच र पकड सत्ताको भित्रैसम्म सशक्त रुपमा रहेको वास्तविकता कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारा आजसम्म गायब हुनसक्नुले नै प्रमाणित गर्दछ ।
रविको पक्षमा चितवन लगायत देशभरि उर्लिएको अपार भीड राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रेरितभन्दा पनि वर्तमान राज्य संयन्त्र र यसको सञ्चालक वर्तमान सरकारबाट निष्पक्ष न्याय र सुरक्षा सम्भवै छैन भन्ने अविश्वास र आक्रोशको अभिव्यक्ति समेत हो । निधन भएका पत्रकार शालिकरामको बिरूद्ध किमार्थ होइन, उनले न्याय पाउन अझ गहिरो अनुसन्धानको जरुरत छ ।
नियन्त्रणमा लिइएका सबैलाई अदालतको आदेशद्वारा भदौ ९ गते धरौटीमा रिहा गरिनु स्वागतयोग्य छ । खासगरी रविलाई यही बहानामा नराम्रोसँग फसाउने ठूलो षड्यन्त्र थियो, जनसमुदायको अजेय शक्ति र अदालतको निर्णयले गर्दा पूर्ण विफल भयो । यसबाट न्यायिक निष्पक्षतामा अरु भरोसा बढेको छ । तर पनि षड्यन्त्रको श्रृङ्खला टुङ्गियो भनेर ढुक्क हुनुहुँदैन । षड्यन्त्रकारीहरूको पहुँच र पकड सत्ताको भित्रैसम्म सशक्त रुपमा रहेको वास्तविकता कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारा आजसम्म गायब हुनसक्नुले नै प्रमाणित गर्दछ ।
मानवोचित कमजोरी नभएको कुनै मानिस हुँदैन । रवि पनि मानवीय वास्तविकताबाट मुक्त नहोलान्, तर उनले भ्रष्टाचारबिरूद्धको सशक्त अभियान, वाणीबिहिनहरूलाई वाणी र न्याय दिलाउने कार्यमा सञ्चारमाध्यमलाई जुन प्रकार उपयोग गरे, त्यसबाट नेपाली समाज अतुलनीय स्तरमा कृतज्ञ र लाभान्वित भएको छ ।
स्व. शालिकराम मेरो गृहजिल्ला नुवाकोट निवासी भएको र मेरो भाईजस्तो सुपरिचित भएपनि रवि लामिछानेजीसँग, उहाँका कतिपय टीभी प्रस्तुती हेरेकोबाहेक मेरो कुनै सम्पर्क वा हिमचिम नभएकोले उहाँको निजात्मक विशेषताका बारेमा म केही भन्न सक्दिन । मानवोचित कमजोरी नभएको कुनै मानिस हुँदैन । रवि पनि मानवीय वास्तविकताबाट मुक्त नहोलान्, तर उनले भ्रष्टाचारबिरूद्धको सशक्त अभियान, वाणीबिहिनहरूलाई वाणी र न्याय दिलाउने कार्यमा सञ्चारमाध्यमलाई जुन प्रकार उपयोग गरे, त्यसबाट नेपाली समाज अतुलनीय स्तरमा कृतज्ञ र लाभान्वित भएको छ । यसलाई ध्यानमा राखेर र जनभावनालाई ख्याल गर्दै मैले शुरूदेखि नै तीनपटक सामाजिक सन्जालमा आफ्ना विचार राखिसकेको छु । म चाहन्छु, यो मामिलामा मेरो पार्टी नेपाली कांग्रेसले गम्भीर रुपमा लिनु जरुरी छ ।
र याेपनि पढ्नुहाेस्…….रवि लामिछानेको पक्षमा कांग्रेस नेता केसीको टुवीट, अनुसन्धान प्रक्रिया र राज्यसंयन्त्रमाथि नेता केसीको पनि आशंका
जे जसरी भए पनि पत्रकार शालिकरामको मृत्यु अत्यन्त दुःखद र खेदजनक हो । यसबाट उनकी धर्मपत्नी सम्झना तथा सम्पूर्ण परिवारले भोग्नुपरेको क्षति र दुःखद अवस्था अपूरणीय छ । ‘हत्या हो कि आत्महत्या’ हो ? यस घटनाउपर अझै गहिरो छानविन जरुरी देख्छु । यही विवाद र अनुसन्धानमा तानिएकी अस्मिताको प्रतिष्ठा र भविष्यलाई आँच पुग्ने कुनै पनि अन्याय वा गलतफहमी दुःखद हुन्छ । टीभी प्रस्तोता रविजी, युवराजलगायत अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तथा शालिकरामको परिवारले निष्पक्ष न्याय र परिपूरण पाउनु पर्छ ।
यस्तै अनेकौं संवेदनशील र अनिवार्य कुरामध्ये, गत साल साउन १० गते कन्चनपुरकी किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाएर कानुनको कठघरामा ल्याउने कारबाहीलाई यस घटनाले सरकारलाई उन्मुक्ति दिँदैन । यस्तै आपराधिक घटनाको श्रृङ्खलाले नै आजको परिस्थिति उत्पन्न भएको वास्तविकता सरकारले समयमै आत्मसात गरोस् । ♦लेखक केसी नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार