पाकिस्तानले भारतविरुद्ध फेरि लेख्यो संयुक्त राष्ट्रसंघलाई चिट्ठी
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १५:२९:२२
१२ भदौ, एजेन्सी । भारत प्रशासित कश्मीरको विषयमा पाकिस्तानले फेरि संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ ।पाकिस्तानले संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकाय सुरक्षा परिषदलाई कश्मीर मुद्दाबारे फेरि चिट्ठी लेखेको हो ।
विदेशमन्त्री शाह महमूद कुरैशीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अध्यक्षलाई लेखेको पत्रमा भारत प्रशासित जम्मू–कश्मीरमा मावनअधिकारको अवस्था गम्भीर संकटपूर्ण रहेको र त्यहाँको अवस्था सर्वसाधारणका लागि कठिन रहेको उल्लेख गरेका छन् ।
यो जानकारी पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले वक्तव्य जारी गरेर दिएका हुन् । कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको र त्यसलाई तत्काल हटाउनु पर्नेमा विदेश मन्त्री कुरैशीले जोड दिएको वक्तव्यमा उल्लेख छ ।
पाकिस्तानले सुरक्षा परिषदसँग ‘भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन समूहको संख्या दोब्बर बनाउन’ आग्रह गरेको छ । यस्तै अनुगमनकर्तालाई नियन्त्रण रेखा पारी जान भारतलाई सहमत गराउन पनि पाकिस्तानले सुरक्षा परिषदसँग आग्रह गरेको छ ।
पाकिस्तानका मानवअधिकार मन्त्री शीरिन मजारीले ट्वीट गरेर राष्ट्रसंघलाई लेखिएको पत्रबारे जानकारी दिएका छन् । उनले सो पत्र नै ट्वीट गरेका छन् ।
यसैबिच कश्मीरका सम्बन्धमा व्यक्त बयानप्रति भारतीय कांग्रेस र नेता राहुल गान्धीले माफी माग्नु पर्ने नरेन्द्र मोदी सरकारका केन्द्रीय मन्त्री तथा भाजपा नेता प्रकाश जावडेकरले माग गरेका छन् ।
राहुल गान्धीले कश्मीरका सम्बन्धमा व्यक्त गरेको अभिव्यक्ति पाकिस्तानले राष्ट्रसंघमा लेखेको पत्रमा प्रयोग गरेकाले त्यसका लागि माफी माग्नु पर्ने उनले दाबी गरेका हुन् । राहुल गान्धीका कारण देशको छबी गलत रुपमा प्रस्तुत भएको उनको आरोप छ ।
तर राहुल गान्धीले यसअघि नै आफ्नो भनाई र अडान स्पष्ट पारेका छन् भने पाकिस्तानको आलोचना पनि गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार