तपाई कुन बैंकको एटीएम बोक्नुहुन्छ ? खाता चेक गर्नुस है !
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १९:३७:३३
१५ भदौ, काठमाडौं । शनिबार राती ह्याकरहरुले नेपालका १८ वटा बैंकले नेटवर्किङमार्फत भिसा कार्ड र डेबिट कार्ड प्रयोग गर्ने सर्भर ह्याक गरेर करोडौं रुपैयाँ लूटपाट गरेका छन् ।
सर्भर ह्याक गरेपछि उनीहरुले मास्टर एटीएम प्रयोग गरी दर्जनौं एटीएम बुथबाट करोडौं रुपैयाँ झिकेका छन् । जसमध्ये छ जना एक करोड ३६ लाख रुपैयाँसहित रंगेहात पक्राउ परे भने अन्य कति रकम झिकियो भन्ने एकिन हुन सकेको छैन । सर्भर ह्याक गरेपछि एटीएम बुथहरुबाट खुलेआम रकम निकाल्न सफल भएका थिए ।
नेप्स नामक संस्थामा आबद्ध भएका बैंकहरुको सर्भर ह्याक भएको हो । सोही सफ्ट कम्पनीले कार्ड बिक्री पश्चात एक्सेस दिएको सिष्टम ह्याक भएको प्रारम्भिक अनुमान छ । नेप्सका एक अधिकारीका अनुसार सो संस्थामा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाको सिष्टम ह्याक भएको थियो ।
नेप्समा आबद्ध सिष्टम ह्याक भएका बैंकहरु :
१) प्रभु बैंक
२) सनराईज बैंक
३) माछापुच्छ्रे बैंक
४) जनता बैंक
५) सिद्धार्थ बैंक
६) सिटिजन्स बैंक
७) एनआईसी एसिया बैंक
८) बैंक अफ काठमाडौं
९) प्राईम बैंक
१०) नेपाल बंगलादेश बैंक
११० ग्लोबल आईएमई बैंक
१२) लुम्बिनी विकास बैंक
१३) एक्सेल विकास बैंक
१४) सांग्रिला विकास बैंक
१५) देव विकास बैंक
१६) ज्योति विकास बैंक
१७) ओम डेभलपमेन्ट बैंक
१८) शाइन रेसुंगा विकास बैंक
उल्लेखित ११ वटा बाणिज्य बैंक तथा सात वटा विकास बैंकले नेप्सकै सर्भरबाट एटीएम कार्डको होस्टिम तथा डाउन लिङ सेवा लिँदै आएका थिए । उल्लेखित बैंकहरुको सिष्टम ह्याक भएको हो ।
याे पनि :
नबिल बैंकबाट करोडौं लुटियो !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार