नारीरुपी विद्रोह हो “तीज”
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १६:५५:५८
हरेक वर्ष झै यो वर्ष पनि संसारभरि छरिएर बसेका सबै नेपाली नारीहरुले धुमधामका साथ भव्य र उल्लापुर्ण रुपमा तीजलाई बिदा गर्दैछन् । हुनेखानेले महिना दिनदेखि भोज भत्तेर गरेर यो चाड मनाए भने हुँदा खानेले भने आफ्नाे गच्छे अनुसार यो पर्वलाई मर्न दिएनन् । अमेरिकाको भर्जिनियामा अघिल्लो हप्ताको शनिवार अगष्ट २४ मा रामप्रसाद खनालको संस्थाले र हिजो अगष्ट ३१ मा अमेरिकी नेपाल सहयोगी संस्थाले भव्य रुपमा तीज सम्पन्न गरे ।
तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दरखाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउँमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो । यस दिनमा कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् ।
त्यही भएर नेपाली विवाहित र अविवाहित सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ । तेस्रो दिन बिहान उठेर बत्ती बाल्छन्, केरा र तुलसी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ । यस दिनको साँझ सानोतिनो विगो काम गरे बात नलाग्ने बताइन्छ ।
निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा बिवाहित नारीहरुले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसँग जे जस्ता गरगहना छन् सबै लगाई सोह्र सिंगारपटार गरेर भगवान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन्, आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् ।
तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयु हुने, मृत्युपर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ । त्यही भएर नेपाली विवाहित र अविवाहित सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ । तेस्रो दिन बिहान उठेर बत्ती बाल्छन्, केरा र तुलसी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ । यस दिनको साँझ सानोतिनो विगो काम गरे बात नलाग्ने बताइन्छ ।
तीजको चौथो दिन अर्थात् अन्तिम दिन ऋर्षि पञ्चमी हो । यस दिन बिहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्लो दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरि शुद्घ भै सप्तऋर्षि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आफ्नाे कर्म घर फर्किन्छन् ।
तीज ३ प्रकारका हुन्छन् १) हरियाली तीज, २) कजरी तीज र ३) हरितालिका तीज । यी मध्ये तेश्रो नम्वरको हरितालिका तीज नेपालमा प्रचलनमा छ । हुन त पछिल्लो समयमा हरियाली तीज पनि मनाउन थालिएको छ । श्रावण शुक्ल पक्ष तृतीया तिथीमा मनाउने यो पर्वलाई नेपाली नारीहरुले साउने सोमवारको रुपमा पनि मनाउन थालेका छन् । यो महिनामा हरिया चुरा, पोते, टीका, सारी लगाएर मनाउने हुनाले यसलाई हरियाली तीज भन्दा अत्युक्ति नहोला ।
कजरी तीज भने भारतमा बढी प्रचलनमा छ । यो हरियाली तीजको १५ दिनपछि अर्थात् श्रावण कृष्ण पक्ष तृतीया तिथिका दिन मनाइन्छ । यो पर्वमा भने गाईको पुजा गरिन्छ । कजरी तीजको १५ दिनपछि अर्थात् भाद्र शुक्ल तृतीया तिथिमा हरितालिका तीज मनाइन्छ । यो नेपाली हिन्दु नारीहरुको महान चाड हो । विश्वभर छरिएका नेपालीहरुले यसलाई बडो उल्लासमय रुपमा मनाउँदै आइरहेका छन् । ३० दिनको बीचमा ३ तीज भएको हुदाँ पनि नेपाली नारीहरुले महिनौं दिन लगाएर तीज मनाएका पनि हुन सक्छन् ।
हरितालिका (हर तालिका) व्रतको आख्यान अनुसार हिमसुता पार्वती बाल्यकालदेखि नै महादेवप्रति अत्यधिक भक्तिभाव राख्दै खेल्दामा पनि बालुवाको शिवलिङ्ग बनाई खेल्दथिन् पछि ठुली भएपछि महादेव स्वामी पाउनको उद्देश्यले कठोर तप गर्न लागेकी थिइन् । यसैबीच पिता हिमवतले पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय गरेको थााहा पाएपछि उनी आफ्नाे मातापितालाई कुनै सुईको समेत नदिई घरबाट भागेर जंगल गइन् अर्थात् मातापितासँग विद्रोह गरिन् । उनले अन्न पानी समेत त्याग (भोक हडताल) गरेर तप गर्न थालिन् ।
वर्षको १ पटक भएपनि साथीसंगीहरुसँग भेटघाट, नाचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई विशेष रुपमा लिइएको छ । यस दिनमा नारीहरुले घर माइती तथा समाजमा आफुमाथि परेको अन्याय, अत्याचार, हिंसालाई गीत संगितमार्फत व्यक्त गर्दछन् । गीत संगितबाट निलाहार(भोक हडताल) बसेर पनि आगो ओकल्छन् ।
आजभन्दा २ दशक अघिसम्म त हाम्रो समाजमा मातापिताको निर्णयलाई विद्रोह गर्र्न धेरै गाह्रो थियो भने त्यो बेलामा झन् कस्तो थियो होला ? अन्दाज लगाउन सकिन्छ । पार्वतीले निलाहार व्रत अर्थात अन्नपानी मात्र हैन कि थुक समेत ननिलिकन कठोर तपस्या (भोक हडताल) गरिन् । उनको तप(विद्रोह)को कारण स्वयं महादेव प्रकट भएर उनको इच्छापुर्ण हुने वरदान दिएको कारणले मातापिताले बाध्य भएर उनको विवाह महादेवसँग गरिदिए । उनको विद्रोहले मातापिताको मन पग्लिएर आफुले चाहेकोसँग विवाह भएको हुनाले यसलाई एउटा चाडको रुपमा मनाईएको हो भन्दा अत्युक्ति नहोला ।
व्रतरुपी विद्रोहले गर्दा आफुले चाहेकोसँग विवाह भएको हुनाले यसलाई पौराणिककालदेखि निरन्तर रुपमा मनाइदै आएको हो । यदि त्यसो हैन भने रुक्मिणीको विद्रोहलाई पनि पर्वको रुपमा मनाइन्थ्यो । रुक्मिणी पनि कृष्णसँग विवाह गर्न घरबाट भागेर गएकी थिइन् । पार्वतीले सर्वप्रथम माइती मै आफ्नाे लागि सुयोग्य वरको चाहनासाथ यो व्रत तप (भोक हडताल) प्रारम्भ गरेको हुँदा आफ्नाे विवाहित जीवन सुरु भैसकेपछि पनि उनीहरुले ती पुराना यादहरुलाई चिरस्थायी राख्न खासगरी यो पर्व माइतीमा नै गएर मनाउन थालिएको हो । पहिला सुयोग्य वर, पछि पतिको सुस्वास्थ्य झन् पछि परिवारको सुस्वास्थ्यको कामना लागि यो पर्व मनाइदै आएको छ
वर्षको १ पटक भएपनि साथीसंगीहरुसँग भेटघाट, नाचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई विशेष रुपमा लिइएको छ । यस दिनमा नारीहरुले घर माइती तथा समाजमा आफुमाथि परेको अन्याय, अत्याचार, हिंसालाई गीत संगितमार्फत व्यक्त गर्दछन् । गीत संगितबाट निलाहार(भोक हडताल) बसेर पनि आगो ओकल्छन् । मान्नैपर्छ नारीहरुलाई त्यस दिन । कहाँबाट आउँछ उनीहरुमा यस्तो अदभुत शक्ति ? निलाहार(भोक हडताल) बसेर नाचगान गर्दा पनि उनीहरु रत्तिभर थकावट देखिदैनन् । धन्य छ नेपाली नारीहरुको शक्तिलाई । सम्पुर्ण नारीहरुलाई तीजको शुभकामना । अस्तु । भर्जिनिया, अमेरिका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
वर्षा र सहकालका देवता रातोमाछिन्द्रनाथ रथारोहण ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार