जनआक्रोश छल्न नेकपाले जगायो ज्ञानेन्द्रको भूत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २३:२९:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/parchanda-kp-gyanandra-shah_rhbicaoiPn.jpg)
१७ भदौ, काठमाडौं । सत्तारुढ दलका प्रमुख नेताहरु भन्छन् :– देशमा लोकतन्त्र र संविधान खतरामा छ । लोकतन्त्र वहाल भएको १२/१३ वर्षमा नै लोकतन्त्र धरापमा परेकै हो त ? जानकार भन्छन् :– सब वाहियात हो । जनताको आक्रोश र निराशाबाट बच्न छट्टु नेताहरुको चालबाजी मात्र हो । यही भदौको ३ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक नै डाकेका यस्तो उद्घोष गरेका थिए । सर्वदलीय बैठकमा छलफलको विषय थियो :– लोकतन्त्र र संविधानविरुद्ध भयानक षडयन्त्र भइरहेको छ ।
सर्वदलीय बैठकमा ओलीले कड्किएर भनेका थिए :– लोकतान्त्रिक प्रणालीविरुद्ध नै आवाज उठ्न थालेका छन् । यो दुस्साहस कहाँबाट आयो ? बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने की विपक्षीले पनि साथ दिने ? ओलीले डाकेको बैठकमा यस्तो गम्भिर विषयमा छलफल हुँदा कांग्रेस मौन जस्तै बस्यो । तर कसैले पनि कसबाट र कस्तो खतरा छ भनेर चाहिं प्रधानमन्त्रीसँग बुझ्ने चेष्टा गरेनन् ।
जबकी कांग्रेसले यो विवादास्पद अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई ¥याख¥याख्ती पार्न सक्नु पथ्र्याे । गत फागुनमा ओली नेतृत्वको सरकारले नेत्र विक्रम चन्द विप्लबको नेकपा माओवादीलाई आतंककारी घोषणा गरेको थियो । सर्वदलीय बैठकमा विप्लब र पूर्व राजा ज्ञानेन्द्रबाट नै यस्तो खतरा रहेको ओली र प्रचण्डले स्पष्ट संकेत गरे ।
ओलीले लोकतन्त्रमाथि खतरा भएको बताइरहँदा उनी इतिहासकै सर्वशक्तिमान प्रधानमन्त्री रहेको हेक्का राखेनन् । वास्तवमा भन्ने हो भने ओलीको अदूरदर्शिता र अहंकारले नै लोकतन्त्र खतरामा परेको हो । घटनाक्रमलाई जोडेर हेर्ने हो भने सत्तारुढ नेकपा योजनावद्ध रुपमा लोकतन्त्रलाई कमजोर बनाउन सकृय देखिन्छ । जनभावना विपरित भ्रष्ट र कमिशनखोरको मतियारका रुपमा रहेको सरकारप्रति जनतामा चरम निराशा र असन्तोष छ ।
जनतासँग एकाकार हुन नसकेका ओली र प्रचण्ड पानीमाथि ओभानो देखिन यस्ता नाटक रचिरहेका छन् । ओली र प्रचण्डबीच पटक पटक छलफल भएर यस्तो नौटंकी गरिएको बुझ्न कठिन छैन । गत साउन १९ गते रामेछापमा आयोजित एउटा कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै भनेका थिए :– नागार्जुनमा सुरक्षासहित बस्न दिएकोमा संविधानकै खिलाफ बकबक गर्न थालेका छन् ज्ञानेन्द्र । यस्तो गर्दै जाने हो भने जनता चूप लागेर बस्ने छैन भन्दै प्रचण्डले लोकतन्त्रमाथि धावा बोल्ने काम ज्ञानेन्द्रबाट भएको उनको आरोप थियो ।
लगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डकै भनाईलाई बल पुग्ने गरी अभिव्यक्ति दिए । भदौ १ गते प्रतिनिधिसभामा बोल्दै ओलीले भनेका थिए :– सरकारको आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली नै उल्टाउन खोज्ने, प्रतिगमनको मतियार बन्ने र संविधान मान्दिन भन्ने कुरा स्वीकार्य हुन सक्दैन । चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर कोही उफ्रन खोज्दै छन् । तर त्यो मनसुवा पूरा हुन सक्दैन ।
नेकपाका दुबै अध्यक्षबाट एउटै समयमा एकैखालका अभिव्यक्ति सार्वजनिक हुनु केवल संयोग मात्र होइन । यो नियोजित रुपमा आएको हो :– राजनीतिक विश्लेषक डा. सुरेन्द्र के सीको भनाई छ । दुई तिहाई समर्थन प्राप्त सरकारले जनअपेक्षा बमोजिम कुनै काम गर्न नसकेकाले जनताको ध्यान अयन्त्रै मोड्नका लागि नेकपाको यो चटक मात्र हो :– डा. के सीको ठहर छ ।
नेपालको संविधान र गणतन्त्रमा खतरा आयो भनेर स्याल हुइँया चलाउने ओली र प्रचण्डको गलत नियत देखिएको उनले आरोप लगाए । आम नागरिकको आक्रोश र असन्तुष्टीलाई व्यवस्थापन गर्न नसक्ने लाक्षीहरुले यस्तो चटक देखाउने हुन् :– के सी भन्छन् राजगद्दी नै जनतालाई सुम्पिएर बसेका ज्ञानेन्द्रको नाममा राजनीति गर्ने दुस्प्रयास मात्र हो । “नाँच्न नजान्नेले आँगन टेढो नै देख्छ” के सी भन्छन्, “अहिले साँच्चै लोकतन्त्र र संविधानमाथि खतरा छ भने नेकपाबाट मात्रै छ ।”
नेकपाका दोस्रो तहका नेताहरु भने लोकतन्त्र र संविधानमा त्यत्रो संकट नभएको बताउँछन् । नेकपाका केन्द्रीय सदस्य जगन्ननाथ खतिवडाले कोठा भित्र यस्ता कुरा गर्न सकिएला, तर सार्वजनिक रुपमा भन्दा आफ्नै कमजोरी देखिने बताउँछन् ।
नेताहरुले यस्ता कुरा किन गर्नु भयो थाहा भएन, तर अहिले लोकतन्त्र र संविधान कमजोर भयो भने त्यसको दोष हामीले लिनु पर्ने हुन्छ , खतिवडाले भनेका छन् । जनतामा निराशा र आक्रोश बढाउने खालको अभिव्यक्ति कसैले पनि दिन नहुने उनको धारणा छ ।
उता, प्रमुख प्रतिपक्ष कांग्रेस भने यस्तो संवेदनशील विषयमा मौन छ । नेकपाका अध्यक्षद्वयले के आधारमा यस्ता अभिव्यक्ति दिए भनेर न त संसद्मा जवाफ खोज्छ न सडक नै तताउन सकेको छ । प्रजातन्त्रका लागि पटक–पटक संघर्ष गरेको कांग्रेस लोकतन्त्र धरापमा परेको भनेर कार्यकारी प्रमुखले भन्दा समेत स्पष्टीकरण लिन चुकेको छ । यसले पनि कांग्रेस नेतृत्वको निकम्मापन र गैरजिम्मेवारी छताछुल्ल भएको छ । जे भएपनि सरकार अलोकप्रिय भएको बेला अन्यत्रै ध्यान आकृष्ट गर्न ओली र प्रचण्डले यस्ता गैर जिम्मेवार कुरा बोलेकोमा धेरैको सहमति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशनमा आज छलफलबाट आएका सुझावलाई प्रस्तुत गरिँदै
असार १९, २०८१ बुधबार