जापानका प्रधानमन्त्रीले बिहीबार रुसका राष्ट्रपतिलाई भेट्ने
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार ३:४५:११
१८ भदौ, एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गरेका छन् । तीनदिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उनी रुस प्रस्थान गरेका हुन् ।
भेटका क्रममा उनीहरूबीच क्षेत्रीय सरोकारका बिषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ ।
रुसतर्फ प्रस्थान गर्ने बेलामा आबेले भने, “मैले राष्ट्रपति पुटिनसँग खुल्ला रूपमा छलफल गर्नेछु, हामीबीच शान्ति सम्झौताका नयाँ चरणहरूका बारेमा कुराकानी हुनेछ ।”
प्रधानमन्त्री आबेले राष्ट्रपति पुटिनलाई बिहीबार भेट्ने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसको अघिल्लो दिन रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भेटवार्ता गरेका छन् ।
रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा उनीहरूका बीचमा वार्ता भएको अधिकारीहरूले जनाएका छन् ।
पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुगेका छन् । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एशियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवद्र्धनका विषयमा छलफल हुने गर्दछ ।
रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार