धरहरा क्षेत्रमा पर्ने उपाकुमार्ग खुलाउने सहमति
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार २०:४०:१२
१९ भदौ, काठमाडौं । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो ।
उक्त समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा भएका कारण धरहरा पुनःनिर्माणका क्रममा बन्द गरिएको छ । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष यही भदौ २४ गते उपाकु परेको छ । उपाकुका दिन सोही मार्ग भई हिँडिने हुँदा यस मार्गको नाम पनि उपाकुमार्ग भएको हो ।
काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकुमार्ग खोल्न सरोकारवाला पक्षबीच बुधबार भएको छलफलमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार परम्परागत रुपमा जहाँबाट हिँड्ने गरिएको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ ।
उपाकुमार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करीब १० फिट बाटो छाडिएको छ । यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यसलाई सुविधायुक्त बाटो बनाइनेछ । उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको छ ।
खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदलमार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चयकोष र साविकको गोश्वारा हुलाकको बीचमा आठफुटे अस्थायी पैदलमार्ग हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार