प्रतिपक्षको अधिकार पनि प्रयोग नगर्ने कांग्रेस, असान्दर्भिक पार्टी बन्ने खतरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २१:२३:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress-nekapa_loofPoziSZ.jpg)
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस यो देशको सबैभन्दा पुरानो पार्टी हो । त्यति मात्रै होइन दुई तिहाइको बलियो नेकपा सरकारको सशक्त र एकमात्र जुझारू प्रतिपक्ष पनि कांग्रेस नै हो । दुई तिहाइको बलमा सरकार जनचाहना र आकंक्षामाथि नै अंकुश लगाउने बिन्दूमा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वकाे सरकार पुग्दासमेत कांग्रेसले आफ्नो शक्ति देखाउन सकेको छैन ।
मुलुकमा लोकतन्त्र बहालीका लागि कांग्रेसले जत्ति हण्डर अरुले खानु परेन । तीन–तीन पटक भएका युगान्तकारी परिवर्तनका वाहकका रुपमा रहेको कांग्रेस विस्तारै नागरिकबाट टाढिंदै गएको अनुभूति हुन थालेको छ । हरेक जनआन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । चाहे राणा शाही शासनविरुद्ध होस् वा पञ्चायती व्यवस्था विरुद्ध नै किन नहोस् कांग्रेसकै नेतृत्वमा आन्दोलन भएका हुन् । पछिल्लो पटक राजा ज्ञानेन्द्रको शाही शासनविरुद्धको आन्दोलनको अगुवाई पनि कांग्रेसले नै गरेको हो । त्यसको व्याज कांग्रेसले पटक–पटक पाइसकेको छ । सत्तामा कांग्रेस लामै अवधि बस्ने अवसर पनि त्यही कारणले पाएको हो ।
अब परिस्थिति फेरिएको छ । नेपाली नागरिक नयाँ सोच र शैलीको अवधारणा बमोजिम राजनीति पनि चलोस् भन्ने चाहना राख्ने अवस्थामा आइपुगेका छन् । समय सापेक्ष हुन सकेन भने कोही पनि सुरक्षित हुने परिस्थिति छैन । कांग्रेस नेतृत्वले जनभावना बुझ्न नसक्दा विगतमा नराम्रो क्षति बेहोरेको छ । गत निर्वाचनमा सरकारका तीनै तहमा कांग्रेस पछारिएको छ ।
तत्कालिन एमाले अध्यक्ष ओलीले राष्ट्रवादको नाराले आम नागरिकलाई आकर्षित ग¥यो । यद्यपि उनको नारा नक्कली भएको समयक्रममा पुष्टी त भएको छ । तैपनि त्यही नाराको बलमा सत्ताको बागडोर प्राप्त भयो । नागरिक परम्परागत ढाँचाबाट दिक्दार भइसकेको छ । नयाँ स्वरुपमा अब राजनीति बदलिन सकेन भने कसैलाई पनि नागरिकले निर्मम प्रहार गर्न सक्छ । त्यसको एउटा गतिलो उदाहरण कांग्रेसले पाइसकेको छ । तै पनि कांग्रेस नेताको गति र मति फेरिएको छैन ।
अहिले मुलुकले नयाँ गति लिन खोजेको देखिन्छ । तर हाम्रो धर्म, परम्परा र संस्कारमाथि विभिन्न शक्ति केन्द्रबाट लगातार प्रहार भइरहेको छ । ९० प्रतिशत ओमकार परिवारमा गोलबद्ध नेपाली नागरिकको भावनाविपरित जान खोज्नेको खैरियत छैन । नेताहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न संविधानमा धर्म निरपेक्ष भन्ने शव्द राखिएको छ । जबकी नागरिक धार्मिक स्वतन्त्रताको पक्षमा छ ।
नेपाली कांग्रेसको झण्डाको चार तारा मध्ये एउटा ताराको अर्थ पनि त्यही धर्म निरपेक्षतासँग गाँसिएकाे छ । जनभावना विपरित हिंड्दा विगतमा हण्डर खाएको यथार्थ फेरि पनि कांग्रेसले बिर्सिएको जस्तो छ । अहिले नेपाली नागरिक आफ्नो आस्था र संस्कारको रक्षाकवच खोजिरहेको छ । अर्थात हिन्दू धर्मको रक्षा गर्ने शक्तिको खोजीमा छ । त्यसका लागि नेपाली कांग्रेस सबैभन्दा उपयुक्त र भरपर्दाे शक्ति हो भन्ने नागरिकमा विश्वास छ । तर त्यही पार्टीका शीर्ष नेता भने विपरित धारमा छन् । जनमत र चाहना विपरित हिंड्ने उपक्रम अझै कायमै देखिन्छ ।
कांग्रेसलाई पुनर्जीवन दिने बुटी नै यही मुद्धा हो । तर हिजो मात्रै भक्तपुरमा आयोजित एउटा प्रशिक्षण कार्यक्रममा कांग्रेस उपसभापति बिमलेन्द्र निधिको अभिव्यक्तिले ठूलै हंगामा खडा गरिदिएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण विभागले ३ नं प्रदेश अन्तर्गत आयोजना गरेको कार्यक्रममा निधिले हिन्दू राष्ट्रको विरोध गरेपछि सहभागीले आपत्ति जनाएका थिए ।
गत पुसमा सम्पन्न महासमिति वैठकमा ५० प्रतिसत भन्दा बढी प्रतिनिधिले नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषित गरिनु पर्छ भनेर हस्ताक्षर नै गरिसकेका छन् । कार्यकर्ताको यस्तो भावना लत्याएर नेताहरु व्यक्तिगत स्वार्थ सिद्ध गर्न हिन्दू धर्मको विरोधमा बोल्नु कुनै पनि अर्थमा उपयुक्त मान्न सकिन्न । यसले कांग्रेसको भविष्यमा नै गम्भिर खतरा सिर्जना गर्ने देखिन्छ ।
प्रशिक्षण कार्यक्रममा प्रतिनिधिहरुले व्यक्त गरेको आक्रोशको मर्म बुझ्न सकेनन् भने नेता मात्र होइन कांग्रेस नै असान्दर्भिक बन्ने खतरा छ । सहभागीहरुले खुलेरै निधिले युरोपेली युनियनको पैसा खाएर ईशाइ धर्मको रक्षा गर्न खोजेको आरोप लगाए । आफ्नै कार्यकर्ताको आक्रोश यस्तो छ भने आम नागरिकको कस्तो होला ? कार्यकर्ताको आक्रोश थाम्न नसकेका निधि लज्जित हुनु प¥यो । नेपालको पहिचान र अस्तित्व रक्षाका लागि हिन्दूत्वको मुद्धा ज्यादै महत्वपूर्ण बनेको छ । नागरिकको भावना पनि यस्तै पाइन्छ ।
जनभावना विपरित जानेहरुको हविगत कस्तो हुन्छ भनेर बुझ्न भर्खरै हङकङका ल्याउन खोजिएको सुपर्दगी विधेयकको फिर्ता प्रकरणलाई लिन सकिन्छ । नागरिकको आवाजका सामुन्ने चिनियाँ सत्तासमेत घुँडा टेक्न वाध्य भयो । विश्वमा शक्ति र सत्ता हुँदैमा नागरिकमाथि दमन गरेर नै शासकले आफ्नो अभिष्ठ पुरा गर्न सक्दैन भन्ने गतिलो उदाहरण हो ।
कांग्रेसका शीर्ष नेताले पनि जनभावना बुझेनन् भने त्यही हालत हुन्छ । अब कांग्रेसले हिन्दूको प्रतिनिधित्व गरेर, नेपाल हिन्दू धर्म अंगिकार गर्ने मुलुक बन्नुपर्छ भन्ने मुद्धा उठायो भने मात्र बौरिन सक्छ । नत्र पार्टी सभापति शेरबहादुर देउवासँगै नेपाली कांग्रेस पनि असान्दर्भिक बन्ने खतरा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराेको उच्च जोखिममा
असार २०, २०८१ बिहिबार
विश्वकप विजेता भारतीय टिम फर्कियो स्वदेश, आज मुम्बईमा भिक्ट्री परेड हुने
असार २०, २०८१ बिहिबार
विषालु च्याउ खादाँ मकवानपुरमा एकै घरका सातजना बिरामी
असार २०, २०८१ बिहिबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार