नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १९:१६:१८
२४ भदौ, परासी । पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् । जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् ।
स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि घर फर्किएका र परासीका अर्का एक व्यक्तिको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएलगत्तै नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्न लागिएको छ ।
छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पालगायत जिल्लामा केही समय पहिलेदेखि नै डेङ्गुका बिरामी भेटिए पनि पश्चिम नवलपरासीमा हालै मात्र यसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु भेटिएकाले जिल्लामा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।
“हालसम्म जिल्लामा तीनजना मात्र पीडित भेटिएकाले यसलाई फैलिन नदिन नियन्त्रण अभियान सञ्चालन गर्न सबै सरोकार निकायलाई आग्रह गरेका छौँ”, उनले भने । स्थानीय तहका प्रमुखसहित सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सबै स्थानीय तहहरुले डेङ्गु रोग फैलिन नदिन सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिने, लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
यसका लागि सरकारी एवं निजी स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा क्रियाशील रेडक्रसलगायत सङ्घसंस्थाले पनि आवश्यक सहयोग गर्ने, स्वास्थ्य कार्यालयले डेङ्गु रोगको सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रोग नियन्त्रणका लागि कार्ययोजनासमेत तयार गरिने भएको छ ।
यसैगरी जिल्लामा डेङ्गु पीडितको तथ्याङ्क सङ्कलन गरी दैनिकरूपमा प्रतिवेदन पेश गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन गरिएको प्रजिअ मरासिनीले जानकारी दिए । “देशैभर डेङ्गुको त्रास फैलिएकाले जिल्ला प्रशासनले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गर्न सक्रियता देखाएको हो”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार