मन्त्री योगेश भट्टराई ज्यू, के यसरी सफल होला नेपाल भ्रमण बर्ष ?
विनोद त्रिपाठी
भदौ ३०, २०७६ मंगलबार ०:५१:३९
काठमाडौं । नेपालले सन १९९८ पछि गतिलो रुपमा नेपाल भ्रमण बर्ष यही २०२० मा मनाउँदैछ । २२ बर्षपछि हुन लागेको यो भ्रमण बर्षको छुट्टै महत्व छ । अब तीन महिनापछि भ्रमण बर्ष शुरु हुनेछ ।
बिश्वभरिका नागरिकलाई आकर्षित गर्न भ्रमण बर्ष आयोजना गरिएको हो । पर्यटक धेरै भन्दा धेरै ल्याउन भ्रमण बर्षले सहयोग पुर्याउने यसको मुख्य उद्देश्य हो । हुन त यो २२ बर्षको बीचमा यस्ता आयोजना नभएका होइनन् । तर, ति भ्रमण बर्ष खासै उपलब्धिमुलक हुन सकेनन् । राजनीतिक गन्जागोलले नेपाल लामो समय अस्थिरतामा गुज्रियो । आतंक र युद्धले पर्यटन क्षेत्र थिलोथिलो भयो । खर्बौंका संरचना युद्धरत पक्षले ध्वस्त बनाए । चन्दा आतंक र हड्तालले पर्यटन क्षेत्र थला पर्यो । अहिले यी सबै व्यवधानमा केही मत्थर आएकोले यो भ्रमण बर्ष केहि उपलब्धीमुलक हुनेमा बिश्वास गर्न सकिन्छ । तर, समस्या र अस्थिरता नेपाल भित्र ज्युँका त्युँ छन् । यसले पर्यटकलाई हैरानी मात्र होइन, भयभित पनि बनाएको छ ।
बर्षौंदेखि प्रहरीले होटल, मोटेल, रिसोर्ट र होमेस्टेमा छापा मारेर हैरान बनाएको छ । व्यवसायीले प्रहरीको हस्तक्षेप बिरुद्ध धेरै पटक गुनासो गरिसकेका छन् । उमेर पुगेका हरेक नागरिकले प्रेम गर्न, संगै बस्न, सुत्न र मनोरञ्जन गर्न हाम्रो संविधानले अधिकार दिएको छ । ब्यक्तिगत सम्बन्धमा राज्यले हस्तक्षेप गर्न र निगरानी गर्न पाउँदैन । अपराध वा कुकर्म गरेको ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले कारवाही गर्न सक्छ । अन्यथा होटलहरुमा प्रहरीले छापा मार्ने अधिकार छैन ।
पर्यटनमन्त्री रविन्द्र अधिकारी भएपछि पर्यटन क्षेत्रको सुधार हुनेमा धेरैलाई आशा बनाएको थियो । तर, उनको अल्पायुमै निकै दुखदायी निधन भयो । त्यसपछि अर्का आशा लाग्दा अनुहार योगेश भट्टराईले यो मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार बाहिर हुँदा योगेश स्वंय सरकारलाई निकै आलोचना गर्ने नेतामा पर्छन् । आफ्नै पार्टीको सरकार भएपनि भीम रावल र योगेश भट्टराईले यो सरकारलाई आलोचना गर्दे आएका छन् । त्यहि आधारमा योगेशप्रति धेरैको भरोसा छ । यहि भरोसाकै आधारमा सानो कमजोरी हुने बित्तिकै योगेशको आलोचना शुरु हुन्छ ।
जनताले योगेशबाट के अपेक्षा राखेका छन् भने सरकारबाट भएका कमजोरी र गल्ती तपाईबाट नहोस । सरकार त करिब करिब असफल सिद्ध भइसकेको छ । सरकार असफल भएपनि तपाई सफल हुन नचुक्नुस । यसले तपाईलाई हिलोमा फुलेको कमलको फुल सावित गर्नेछ । सरकार त पुरै फोहोरी भइसकेको अब कसैले सिद्ध गर्ने पर्देन । चौपट महंगी बढेर जनतामा भोकमरि आइसकेको छ । अर्थतन्त्र डामाडोल भइसकेको छ । भ्रष्टाचार ब्याप्त छ । बिचौलियाले सरकारकै केन्द्रविन्दुमा अड्डा जमाइसकेका छन् ।
यस्तो कठिन र काँडाहरुको बीचमा तपाई सुन्दर फुल बनेर फुल्न सक्नुहुन्छ । तर, तपाईले निम्न बमोजिम कामको शुरुवात अहिलेदेखि नै गर्नुपर्छ । किनकी अब भ्रमण बर्ष आउन ३ महिना पनि बाँकी छैन ।
१, पर्यटन क्षेत्र भनेको मनोरञ्जनको दुनियाँ हो । प्रेमलाप र घुमफिर पर्यटकका मुख्य बिशेषता हुन् । बर्षौंदेखि प्रहरीले होटल, मोटेल, रिसोर्ट र होमेस्टेमा छापा मारेर हैरान बनाएको छ । व्यवसायीले प्रहरीको हस्तक्षेप बिरुद्ध धेरै पटक गुनासो गरिसकेका छन् । उमेर पुगेका हरेक नागरिकले प्रेम गर्न, संगै बस्न, सुत्न र मनोरञ्जन गर्न हाम्रो संविधानले अधिकार दिएको छ । ब्यक्तिगत सम्बन्धमा राज्यले हस्तक्षेप गर्न र निगरानी गर्न पाउँदैन । अपराध वा कुकर्म गरेको ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले कारवाही गर्न सक्छ । अन्यथा होटलहरुमा प्रहरीले छापा मार्ने अधिकार छैन । यो कार्य तत्काल रोक्नुपर्छ । जसरी बिकसित मुलुकका पर्यटकीय क्षेत्र रंगिन संसारले रंगिएका हुन्छन्, हाम्रा पर्यटकीय ठाउँहरु पनि रंगिन हुन जरुरी छ । बिदेशी पर्यटकहरु नेपाल आउने भनेकै मनोरञ्जनका लागि हो भन्ने सरकारले हेक्का राख्न जरुरी छ ।
काठमाडौ, ललितपुर र भक्तपुरका मेयर, उपमेयर, वडा अध्यक्षहरु र सबै सदस्यहरुलाई दैनिक १८ घण्टा चोकमा उभ्याएर राख्नुपर्छ । अनि थाहा पाउँथे, काम के हो, कर्तब्य के हो, बिकास के हो, बिनास के हो ??? अब जनताको अदालतबाट फैसला गर्नुपर्छ यिनीहरुलाई । यिनका अरिंगालहरु बचाउँन आए लाखौं जनता मिलेर यहि हिलो र यहि त्रिपाल भित्र कोक्र्याउनुपर्छ ।
२, योगेश भट्टराई ज्यू, तपाई एउटा मन्त्रालयको मात्र मन्त्री होइन, सरकारको जिम्मेवारी प्रतिनिधि पनि हो । त्यसैले, अन्य मन्त्रालयका गल्ती कमजोरीलाई संच्याउन मन्त्रीपरिषद बैठकमा निम्न बिषय राखेर समाधान गर्नुस । अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र गर्मीले बसिसक्नु छैन । वातानुकुलित प्रणाली तुरुन्त बसाउनुस । पर्यटकको पर्खाई बिमानस्थल भित्रै सबैभन्दा झुर छ ।
३, एयरपोर्ट अगाडी ट्याक्सीको दादागिरी कायमै छ । गृहमन्त्रालयसँग समन्वय गरेर यो कार्य रोक्न लगानुस । जब एयरपोर्टबाट कुनै पर्यटक बाहिर निस्कन्छ, अनि शुरु हुन्छ त्यो पर्यटकका दुर्दशाका घडीहरु । धुलो र हिलो झेल्दै त्यो पर्यटक ठमेल पुग्छ । यति बैराग्य अबस्था छ, तपाई सार्बजनिक बस वा ट्याक्सी चढेर उपत्यका घुम्नुभो भने कति सकस छ भन्ने थाहा पाउनुहुनेछ ।
४, चाइनाले कलंकीदेखि कोटेश्वरसम्म त्यति राम्रो सडक बनाइदिएर छोडेको छ । तर, हाम्रो जंगलीपाराले त्यति फराकिलो सडक धुलोमय भएको देख्दा धिक्कार लाग्छ । वरीपरीको माटो आउन नदिएर ब्यबस्थापन मिलाउन सम्बन्धित निकायलाई तुरुन्त अनुरोध गर्नुस । कलंकीको अण्डरपास त्यति राम्रोसँग बनेको छ । तर, प्रयोगमा ध्यान नदिंदा हालत उस्तै खराब छ । करोडौं खर्च गरेर बनाइको यो अण्डरपास र पुल रंगहिन छन् । रंग लगाएर आर्कषक बनाउन कस्ले रोकेको छ ? कम खर्चमा राम्रो ब्यबस्थापन गरे हुने यस्ता कामहरु सरकारले किन गर्देन ?
५, काठमाडौ, ललितपुर र भक्तपुरका मेयर, उपमेयर, वडा अध्यक्षहरु र सबै सदस्यहरुलाई दैनिक १८ घण्टा चोकमा उभ्याएर राख्नुपर्छ । अनि थाहा पाउँथे, काम के हो, कर्तब्य के हो, बिकास के हो, बिनास के हो ??? अब जनताको अदालतबाट फैसला गर्नुपर्छ यिनीहरुलाई । यिनका अरिंगालहरु बचाउँन आए लाखौं जनता मिलेर यहि हिलो र यहि त्रिपाल भित्र कोक्र्याउनुपर्छ । नत्र यो भ्रमण बर्ष सफल हुनेवाला छैन ।
६, चुनाव भएर नेतृत्व सम्हालेको दुई बर्ष पुग्न लागिसक्यो । जनप्रतिनिधि हुँदा र नहुँदा के फरक भयो ? जनताको (कर) भत्ता मात्र खाने ? त्यसैले यिनले कारवाही गर्न एउटा पद्धतिको शुरुवात हुनुपर्छ ।
७, देशको मुख्य राजधानी , मुख्य केन्द्र विन्दु सिंहदरबार वरपरको क्षेत्र मध्ये भृकृटीमण्डप क्षेत्रका टहराहरु देख्दा लाग्छ, कुनै अनिकाल र मरुभुमिको अफ्रिकाको गाउँ जस्तो । यो जमिनलाई सदुपयोग गरेर सुन्दर पार्क वा अति उपयोगी भवनहरु बनाउनुपर्देन ? यो बिजोग दृष्य देखाएर हरिबिजोग चित्रण कहिलेसम्म ? यो देखेर के बिदेशी पर्यटक आर्कषित होलान् र ?
८, जमिनको माटो उधिनेर कहिल्यै सकिन्छ ? ब्रुमर चलाउने भनेको कालोपत्रे सडकमा निस्किएको धुलोको कण हो । जमिनको माटो होइन । बिदेशी कम्युनिष्टको सिद्धान्त मात्र सिक्ने ? बिकास नसिक्ने ? शहरलाई सफा सुन्दर बनाउन हरियाली पहिलो आवस्यकता हो । यसका लागि सरकारसँग चुनाव सकिएको ३ महिना भित्र सडक बिभाग, दुरसंचार, खानेपानी, ढल के के सँग समन्वय गरेर काम नगरेको किन ? त्यसैले यी सबै जनप्रतिनिधिलाई चेतावनी दिन योगेश जी पार्टीमा माग राख्नुस । अन्य पार्टीका जनप्रतिनिधि छन् भने समन्वय गर्नुहोस ।
९, काठमाडौंमा घोर पीडा त्यतिबेला हुन्छ, जब पानी परेपछि घाम लागेर बुंग्बुंग्ती सडकको धुलो उड्छ । संसारमा जहिंतहिं पानी परेपछि १५ दिनसम्म सडक सफा हुन्छन् । यहाँ १५ मिनेटमै कन्तबिजोग भोग्नुपर्छ । त्यसैले, ढंग नभएका, घुसखोरी, ढांट छलकपट गर्ने सबै जनप्रतिनिधिलाई सरकारले एउटा अबधी तोकेर चेतावनी दिने आवाज उठाउनुस । किनकी अब ३ महिनापछि त भ्रमण बर्ष शुरु हुँदैछ भन्ने फेरि पनि हेक्का होस ।
१०, चीन सरकारले कलंकीको अण्डरपास सडक बनाइदियो । अहिले कलंकी चोक जानुस, कंगाल अफ्रिकी देश सुडानको कुनै चोकमा पुगेको भान हुन्छ । आम्माआम्मा धुलो । चीनले पुल र सडक बनाएर त छोड्यो , अनि दायाँबायां पुर्ने , तुरुन्त सिमेण्ट लगाउने, ब्यक्तिका घरघर अगाडी सिमेण्ट गर्न लगाउन गर्नुपर्देन ? पुललाई रंग लगाएर शहरको सुन्दरता बढाउन पर्देन ? हरिबिजोग कुरुप छन् अहिले राजधानीका पुलहरु र सडकहरु । पुन यी बिषयलाई सरकारले काम गर्न शुरु गरिहालोस ।
११, सरकारले सडकका मगन्ते हटाउने भनेको थियो, खोइ हटाएको ? जताततै भद्रगोल छ, बिजोग र डम्पिङसाइट छ शहर । मेलम्चीले खनेका भित्री सडकहरु माटोमय छन् । वडा अध्यक्षहरुले यि बनाउन पर्देन ? कति सुन्दर थिए काठमाडौंका भित्री गल्लीहरु । यो काम गर्नुपर्देन ?
१२, सडकभरि लत्रिएका तारहरुलाई बिद्युत प्राधिकरणसँग समन्वय गरेर ब्यबस्थित गर्नुपर्देन ? सडक वरीपरी , बसपार्क, कुना, चोक, खाली स्थानमा जथाभावी रोग निम्त्याउने पानीपुरी, रेष्टुरेण्ट , चिया पसल हटाउन पर्देन ? यी सब हटाएर ब्यबस्थित गरेर कारवाही गर्नुपर्देन ?
१३, महिला र केटीहरु आंखा मात्र देखाएर बुर्का (सल बेरेर) जस्तै लगाउनुपर्ने बाध्यता । केटाहरुको मुखभरि माक्स । साइकल मोटरसाईकलमा कभर लगाएर हिंड्नुपर्ने बाध्यता । निजी सवारीमा सिसा लगाएर गुम्सिनुपर्ने बाध्यता । धुलो र फोहोरले बंच्न यसरी कहिलेसम्म ??? सार्बजनिक बस चढिसक्नु छैन । भीड कोचाकोच । बस नभरिएसम्म घण्टौं यात्रुलाई कुराइराख्ने । पिक एण्ड ड्रप नियम कार्यान्वयन गर्नुपर्देन ? गृह मन्त्रालय, यातायात बिभाग आदिसँग समन्वय गरेर यो काम ३ महिना भित्र हल गर्नुपर्देन ?
१४, माथि भनिएका यी सामान्य तर जनजीवनका लागि महत्वपुर्ण बिषय समाधान गर्न के अर्बौं खर्च लाग्छ ? मात्र ब्यबस्थापन मिलाए समाधान हुँदैन ? के यति गर्न सकिन्न ? कि कुनै बुद्धिमान र सदाचार बन्ने चाहना छैन ? यदि इमान्दारपुर्वक यी काम गर्ने चाहना छैन भने अब सबै जनप्रतिनिधिलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन ।
यी जनप्रतिनिधिले कारवाही भोग्नु भन्दा पहिलो यिनलाई संरक्षण गर्ने अरिंगालहरुलाई बागमतीको फोहोर पानीमा बगाइदिनुपर्छ । अनि मात्र तपाईले सोचेको वा भनेको भ्रमण बर्ष सफल हुनेछ, योगेश भट्टराई ज्यू । नत्र, भ्रमण बर्ष आउँछ, जान्छ सकिन्छ । हरेक पर्यटकले नेपाल घुमेर फर्केपछि ति स्वंय प्रचारक हुन्छन् । अब नेपाल खतम छ, घुम्न जान हुँदैन भन्ने प्रचार गर्न दिने कि, नेपाल घुम्न लायक देश हो भन्ने प्रचार खोज्ने पहिलो तपाईंकै हातमा छ, पर्यटनमन्त्री योगेश भट्टराई ज्यू ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपजनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
कृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार