अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ मंगलबार ०:५४:४४
३० भदौ, एजेन्सी । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ‘उत्तर कोरिया’ ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ ।
राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था ‘केसीएनए’ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गरी भनेको छ, “अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन् ।”
नाम उल्लेख नगर्ने शर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, “निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङ्याङले यसबीचमा गरिने पहलहरूलाई स्वागत गर्नेछ ।”
उनले भने “चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशङ्कालाई हटाएर अघि बढेमा निशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ ।”
यसै बर्षको फेव्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ अनबीचको शिखर सम्मेलनले निर्दिष्ट लक्ष्यमा नपुगेपछि अवरूद्ध बनेको वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा थप प्रगति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
बगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ विरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार