पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति कांग्रेसको गम्भीर आपत्ति
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ मंगलबार २:१७:२८
३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको भन्दै आपत्ति जानएका हुन् ।
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावललाई बिनाकारण निष्काशन गरिएको भन्दै पुनर्वहालीको मागसहित केही पत्रकारहरु वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका थिए । सो क्रममा उनीहरु पक्राउ परेका थिए ।
‘वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ,’ कांग्रेसका प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबिच, सिंहदरबार परिसरबाट सोमबार दिउँसो पक्राउ परेका नौ जना पत्रकारलाई साँझ प्रहरीले छाडेको छ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकार निष्कासनविरुद्ध पुर्नवहाली गर्न माग गर्दै पत्रकारहरू रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार पुगेका थिए ।
रेडियो नेपालका कार्यकारी प्रमुख सुरेश कार्कीसँग वार्ता सफल नभएपछि नारा जुलुस लगाउँदै गर्दा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित नौ जना पत्रकारलाई पक्राउ गरेको थियो । महासंघका पदाधिकारीको रोहवरमा पक्राउ परेका सबैलाई प्रहरीले छाडेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार