विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ !
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १३:१०:४८
१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताए ।
राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा आज सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अङ्गीकार गरेको बताए ।
“विज्ञान, प्रविधि र नवप्रवत्र्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारासहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्ने छ भन्ने मेरो विश्वास छ” उनले सन्देशमा भनेका छन् ।
“नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकाससम्बन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ । सोहीअनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।”
सन्देशमा उनले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताए । उनले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने बताए । “बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए’’, उनले भनेका छन् ‘‘ हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ । ”
प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोचबमोजिम सन् २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गर्र्दै सो लक्ष्य हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्व प्रदान गरेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्, “ विज्ञान र प्रविधिको क्षेत्रमा दिगो र निरन्तर लगानी सुनिश्चित गर्दै प्रविधि र नवप्रवद्र्धनात्मक सोचलाई देशको आर्थिक–सामाजिक रूपान्तरणको आधार बनाउन पनि यो सरकार दृढ रहेको छ ।”
उनले विज्ञान शिक्षालाई चेतनाको मेरुदण्ड उल्लेख गर्दै विज्ञान शिक्षाकै आधारमा गुणस्तरीय प्राविधिक शिक्षामार्फत उत्पादनशील जनशक्तिको विकास गर्दै नवप्रवत्र्तनलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए । “विज्ञान–प्रविधिको विकासबाट आर्थिक समृद्धि हासिल गर्न यस दिवसले हामीलाई थप प्रेरणा दिने विश्वास लिएको छु” , सन्देशमा भनिएका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार