निगमको आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट !
नेपालबहस संवाददाता
असोज १, २०७६ बिहिबार ३:१:२९
१ असोज, काठमाडौं । के तपाई घरमा ७० वर्ष माथि उमेरका ज्येष्ठ नागरिक हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईको परिवारलाई खुशिको खबर छ । अब नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गरेको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो ।
उक्त निर्णय आज अर्थात् असोज १ गतेदेखि नै लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको जनाएको छ ।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउनेछन् । ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार