इलामको जस्बीरे : ग्लोमिन टी, एक किलो मूल्य ३५ हजार !
नेपालबहस संवाददाता
असोज १, २०७६ बिहिबार ३:२१:२७
१ असोज, इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् ।
यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ ।
यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । “हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ” उद्योगका सञ्चालक शरद सुब्बाले भने, “यो चिया विदेशमा भने हारालुस शैलीमा बिक्छ ।”
उनका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै मेहनत लाग्छ । उज्यालो÷अँध्यारो, प्रकाश र ताप मिलाएर निर्माण गर्न सकिने यो चिया अत्यन्तै कष्टपूर्ण तरिकाले बनाउनुपर्दा मूल्यसमेत महङ्गो परेको सुब्बाको भनाइ छ ।
“यो चिया नेपालमा त बिक्री हुँदै हँुदैन । यो चियालाई अत्यन्तै मेहनत गरेर हामीले हातले बनाइन्छ ।” उनले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले पनि विदेशमा माग बढी रहेको बताए ।
उनका अनुसार अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ । विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १० हजार, ‘रोस्टेड ग्रिन टी’लाई रु दुई हजार, ‘ब्लाक ओगल टी’लाई रु पाँच हजार, ‘हिमालय गोल्ड’लाई रु पाँच हजार प्रतिकिलो पर्छ ।
सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया धेरै रुचाउने गरेको जानकारी दिए । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्”, सुब्बाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार