संविधान दिवसमा राष्ट्रपतिदेखि उपराष्ट्रपतिसम्मको शुभकामना
नेपालबहस संवाददाता
असोज ३, २०७६ शुक्रबार १२:०:३६
३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताइन ।
संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छिन्।
तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ । संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ ।
यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छिन् ।
यस्तै सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।
संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले चार वर्ष अघि असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिनको अवसरमा संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका सङ्घर्षमा शहादत प्राप्त गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान अर्पण गर्दछु भनेका छन् ।
नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा सङ्घीय संसद्ले विभिन्न ऐन कानूनको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले सन्देशमा उल्लेख गरेका छन्। “आगामी दिनमा पनि आवश्यक ऐन कानून निर्माणमा विशेष तदारुकता दिँदै संविधानको गरिमा बढाउन र संविधानलाई थप विकसित गर्न सङ्घीय संसद्ले निर्वाह गर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, सभामुख महराले सन्देशमा भनेका छन् ।
संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको सभामुख महराले सन्देशमा उल्लेख गरेका छन् । “आम नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको र संविधानको यही मर्मलाई आत्मसात गर्दै नेपाली जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस्”, सभामुख महराले सन्देशमा भनेका छन् ।
यता उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।
संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरे। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गरेका छन्।
जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उनले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरे । संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने सन्देशमा भनिएको छ ।
“हरेक नेपाली जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ”, सन्देशमा भनिएको छ । संविधानले कल्पना गरेको समाजवादोन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अघि बढ्ने उनको विश्वास छ ।
संविधान दिवस टुँडिखेलमा यस्तो छ सुविधा
काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ ।
कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फह¥राउन पनि आग्रह गरेका छन् ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पु¥याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवद्र्धन गरिने भएको छ । दिवसको अवसरमा सबै मातहत कार्यालयमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नगरवासीलाई पनि आग्रह गरिएको छ ।
असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु पार्कमा अवलोकनका लागि आउने सबै सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन् । अरु बेला ती पार्कमा जान सर्वसाधारणले शुल्क तिर्नुपर्दथ्यो ।
काठमाडौँ महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो । बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार