गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १५:४:२५
५ असोज, एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुन: प्रयोगमा ल्याएकी छन्।
त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको थालनी भएको थियो। पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको गाउन सन् २००० को फेब्रुअरी महिनामा भएको ग्रामी अवार्ड्समा लगाएकी थिइन्।
गुगलका पूर्वकार्यकारी अधिकृत एरिक श्मिटले पछि लोपेजको उक्त तस्बिरको खोजी गुगलमा धेरै भएपछि गुगल इमेजेज थाल्न प्रेरित भएको खुसाला गरे।
भर्साचे ब्रान्डकै आधुनिक ढाँचा दिइएको उक्त लुगा लगाएको भिडिओ सामग्रीलाई सामाजिक सञ्जालमा २० लाख पटक भन्दा बढी हेरिएको छ। जेनिफरले भर्खरै ‘भर्साचे स्प्रिङ २०२०’ नामक प्रदर्शनी इटालीको मिलानमा सकेकी छन्।
त्यहाँ उनले सन् २००० को ग्रामीमा लगाएको हरियो रङ्गको लुगाको पुनर्कल्पना गरिएको लुगा लगाएकी थिइन्। इटालीको मिलानमा भएको फ्याशन सप्ताहको शुक्रवारको प्रदर्शनीमा लोपेज र उनले सन् २००० मा लगाएको लुगा दुवैको प्रशंसा गरिएको थियो।
भग म्यागजीनका अनुसार उक्त कार्यक्रममा केही मोडलहरूले लोपेजको सन् २००१ को ‘लभ डन्ट कस्ट अ थिङ्ग’ बोलको गीतमा र्याम्पमा हिँडेका थिए।
त्यसअघि ग्रामी अवार्डस्मा लोपेजले करिब दुई दशकअघि लगाएकै लुगा गुगलमा खोजी गरिएको तस्बिर देखाइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार