डोटीमा भाइरल ज्वरोका बिरामी थपिँदै
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार १:४३:३१
७ असोज डोटी । जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ । यहाँको जिल्ला अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
पहिले १०० जनासम्म बिरामी आउने गरेका भए पनि अहिले ३०० सम्म पुग्न थालेको जनाइएको छ । जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुग्नेमध्ये अधिकांश स्थानीयवासीमा भाइरल ज्वरो र निमोनियाको संक्रमण देखापरेको जिल्ला अस्पतालका डा गिरीश अवस्थीले बताए । उनले भने, “अस्पतालमा भाइरल व्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।”
फोहर तथा दूषित पानीको प्रयोग गरेका कारण यहाँका बासिन्दामा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको उहाँको भनाइ छ । हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए ।
भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने यहाँका चिकित्सकले सुझाब दिएका छन् ।
व्यक्तिगत सरसफाइ र खानपान तथा पानी उमालेर खानमा ध्यान दिन जिल्ला अस्पताल डोटीका डा अवस्थीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ १०, २०८१ बिहिबार
माघ लागेदेखि नै उपत्यकासहित देशभर तापक्रम बढ्न थाल्यो
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन, अनुदानको अधिकतम सीमा हटाइयो
माघ १०, २०८१ बिहिबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
माघ १०, २०८१ बिहिबार
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
माघ १०, २०८१ बिहिबार