लासीबाट बजारसम्म पहिले १००, आजकल २०० रुपैयाँ !
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार ३:३६:१२
८ असोज, सिञ्जा । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।
लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए।
अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु आवतजावत गर्न बाध्य भएको बुढाको भनाइ छ । अप्ठ्यारो बाटोमा क्षमताभन्दा बढी यात्रु राखेर गाडीहरु सञ्चालन हुने गरेको उनले बताए ।
“जुवाडाम रहेको प्रहरी चौकी नजीक आएपछि यात्रुहरु झार्ने गरिन्छ”, बुढाले भने, “कोटाभिड नजीक पुगेपछि पुनः यात्रु राखेर बजार ल्याउने गरिएको छ ।” यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले विरोध जनाए ।
लासीबाट बजारसम्म र बजारबाट लासीसम्म जाने साना गाडीहरुले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनमाथि निगरानी नगर्दा सवारी सञ्चालकले मनपरी भाडा असुल्ने गरेका हुन् ।
यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताको गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी शुल्क लिने गरेको गुनासो गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी ‘रुट’मा मनपरी भाडा असुली रहँदा पनि प्रहरी चुप हुँदा यात्रुहरुले दुःख पाएका हुन् ।
लासीबाट बजार–बजार–उथ्र्रुसम्म चल्ने गाडीहरुमा बढी पैसा असुल्ने र सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताए । प्रहरीको सक्रियाता नहुँदा गाडीधनीहरु खुलेआम यात्रु ठग्ने गरेका गुनासो आइरहेको छ । ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ गाडी धनीहरुले निर्बाध मान्छे कोच्ने र बढी रकम असुल्ने कार्य जारी राखेका छन् ।
ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारीधनीले भाडा असुल्ने गरेको शिवा बुढाले गुनासो गरे । टिकट काट्ने काउन्टरको व्यवस्था नभएका कारण बीच बाटामै यात्रुबाट रकम लिने गरिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार