लागुऔषधसहित दुई युवक पक्राउ
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १५:११:६
९ असोज, लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
म्याद गुज्रेको समान नष्ट
संयुक्त अनुगमन टोलीले सिरहाको लहानस्थित विभिन्न होटलबाट म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहा, जिल्ला उद्योग वाणिज्य सङ्घ लहानको संयुक्त अनुगमन टोलीले लहान बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।
अनुगमनका क्रममा विभिन्न होटलहरुमा म्याद गुज्रेको कोकाकोला, फेन्टालगायतका पेयपदार्थ तथा खाद्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
यस्तै मिठाइ पसलमा मिठाइ बनाउन प्रयोग गरेका रङहरु मानव स्वास्थ्यमा असर पर्ने खालको पाइएको र ढक तराजुसमेत कम तौलको पाइएकाले ती सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ ।
अनुगनका क्रममा कतिपय पसल दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची र सरसफाइ नभएको पाइएकाले त्यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिइएको प्रमुख सिंहले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
मंसिरदेखि सम्पर्कविहीन १५ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
माघ १०, २०८१ बिहिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
भारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय
माघ ११, २०८१ शुक्रबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार