मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १५:३८:०
खेमराज गौतम / रासस
९ असोज गलकोट । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो ।
विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् ।
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोटमा नयाँ संरचना निर्माण गरेसँगै मुक्तिनाथ पुग्ने तीर्थालु र पर्यटक जिल्ला भित्रिन थालेका हुन् ।
बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन बाक्लै देखिन थालेको छ ।
मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आएको नारायणगढका पर्यटक प्रयास योगीले बताए । सामाजिक सञ्जालमा पञ्चकोटको तस्वीर देखेपछि आकर्षित भएर बागलुङ आएको योगीको भनाइ छ ।
विगतका वर्षहरुमा सिधैँ जाने प्रचलन रहेकोमा पछिल्लो समय मुस्ताङ पुग्ने पर्यटकको बागलुङ पनि आकर्षक गन्तव्यको रुपमा रोजाइमा पर्न थालेको बागलुङ पर्यटन विकासका समितिका उपाध्यक्ष राज थापाले बताए ।
बागलुङ जिल्लामा पर्यटन विकास समिति र सम्बद्ध निकायको सक्रियता, होटलको स्तरीकरण र प्रचार–प्रसारका कारण मुस्ताङ पुग्ने पर्यटक बागलुङ आउन थालेको थापाको भनाइ छ ।
मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका तथा पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको पञ्चकोट व्यवस्थापन समितिले जनाएको छ ।
नेपालका विभिन्न स्थान, भारत तथा अन्य देशबाट घुम्नका लागि आउने पर्यटकसमेत बागलुङ नपसेर सिधैँ जाने गर्दै आएकामा पछिल्लो समय कुडुँलेमा निर्माणाधीन शालिग्राम सङ्ग्राहलय, सर्वसिद्धिधाम पञ्चकोटको अलौकिक संरचनाको प्रचार–प्रसारका कारण धार्मिक पर्यटकका लागि बागलुङ गन्तव्य बन्न थालेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
म्याग्दी तथा मुस्ताङ भ्रमणका लागि आएका पर्यटक फर्कदा छोटो समय मिलाएर कालिका, पञ्चकोट र शालिग्राम सङ्ग्रहालय अवलोकनका लागि आउने गरेको होटल व्यवसायी समिति बागलुङका अध्यक्ष निलेश राजभण्डारी बताए ।
यहाँ रात बसेपछि अर्को दिन सहजै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दैनिक सिधा बस सञ्चालन भएपछि बागलुङ कालिकाको दर्शन गरेर जोमसोम बस्न पुग्ने गरी आउने पर्यटकको संख्या बढेको अध्यक्ष राजभण्डारीले बताए ।
गत वर्षदेखि निर्माणाधीन धार्मिक पञ्चकोटसमेत पर्यटकको रोजाइमा पर्न थालेको छ । “मेरो होटल भरिभराउ हुन थालेको छ”, होटल पिस प्यालेसका सञ्चालकसमेत रहनुभएका अध्यक्ष राजभण्डारीले भने, “मुस्ताङ जाने सिजन भएकाले बागलुङको पर्यटन व्यवसायमा समेत प्रगति हुन थालेको छ ।” दसैंपछि आउने सयौं पर्यटकको बुकिङसमेत भइरहेको उनले बताए ।
“गत वर्ष पर्यटन सिजनमा मुस्ताङ आउने जाने पर्यटक होटल अभावकै कारणसमेत बागलुङ बस्न आएको पाइन्छ”, अध्यक्ष राजभण्डारीले भने, “यो सिजनमा पनि बागलुङका स्तरीय होटल खाली बस्नु पर्दैन भन्ने हाम्रो आँकलन छ ।”,
मुस्ताङ आउने जाने पर्यटकलाई एक दिन र रात मात्र भए पनि बागलुङ बसाल्न सकिएमा यहाँको पर्यटन व्यवसाय प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास उनको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार