वार्षिक करीब ६ अर्बको सौन्दर्यजन्य सामग्री आयात
नेपालबहस संवाददाता
असोज ९, २०७६ शुक्रबार २:१०:१६
९ असोज, काठमाडौं । सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ ।
आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए।
डा आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालीम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका १०० स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार