पर्यटन वर्ष : चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १६:३४:४६
१० असोज, कास्की । समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ ।
गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा गर्न चार प्रदेशमा प्रवद्र्धन अभियान शुरु गरेको छ । बाँकी अवधिमा लक्ष्यअनुसार आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ ।
असोज ९ देखि १६ गतेसम्म प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहितको ५० जनाको प्रवद्र्धन टोली पोखराबाट भैरहवाका लागि प्रस्थान गरेको छ ।
भैरहवाबाट वीरगञ्ज, विराटनगर हुँदै टोली काठमाडौँ पुग्नेछ । अभियानका क्रममा प्रदेश ५ को बुटबल, २ को वीरगञ्ज, १ को विराटनगर र प्रदेश ३ को काठमाडौँमा टोलीले सांस्कृतिक कार्यक्रम, प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीलगायत कार्यक्रम गर्ने छ ।
यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, पत्रकार भेटघाट तथा विभिन्न छुटका प्याकेजसहित गण्डकीमा घुम्न आउनका लागि सन्देश पु¥याइने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । टोलीले अभियानका क्रममा त्यहाँ व्यवसायीहरुसँग अन्तरक्रिया गर्नेछ ।
आन्तरिक पर्यटन प्रवद्र्धन अभियान गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि सानो पाइला
बुटबल, नवलपुर, भरतपुर, वीरगञ्ज, विराटनगर, विर्तामोडलगायत स्थानमा सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी र व्यवसायीसँग छलफल गरी गण्डकीमा घुम्नका लागि आग्रहसहितको निमन्त्रणा पत्र प्रदान गर्ने टोलीको योजना छ ।
असोज ११ देखि १३ गतेसम्म पूर्वका शहरमा प्रवद्र्धन अभियान सकेर टोली असोज १४ गते काठमाडौँका लागि प्रस्थान गर्नेछ । असोज १५ गते राजधानीमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सबैलाई गण्डकी प्रदेश घुम्नको आग्रहसहित औपचारिक निमन्त्रणा पत्र प्रदान गर्ने कार्यक्रम छ ।
उक्त टोली असोज १६ गते पोखरा फर्कने कार्यक्रम रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनासहित प्रवद्र्धन अभियान शुरु भएको बताए । उनले आन्तरिक पर्यटन प्रवद्र्धन अभियान गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि सानो पाइला भएको उल्लेख गरे ।
पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारी पक्षबाट समेत प्रवद्र्धनको कार्यक्रम शुरु गरिएकामा खुशी व्यक्त गर्दै यसले पोखराको पर्यटन विकासमा योगदान पुग्ने भएकाले आफूहरु उत्साहित भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार