चाडपर्वमा मात्र नभई निरन्तर रुपमा बजार अनुगमन जोड
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १८:५२:३१
११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ ।चाडपर्वमा मात्रै गर्ने बजार अनुगमनले प्रभावकारी नभएको भन्दै अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने जनाइएको छ ।
कामपाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिए ।अनुगमनको क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने व्यवस्था रहेको छ ।
ऐनमा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजारदेखि बढीमा तीन लाखसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ ।
उपप्रमुख श्रेष्ठका अनुसार पूर्वाधार विकास क्रमशः हुँदै जान्छ तर तत्काल सम्बोधन गरिनुपर्ने जनचासोका विषयमा सावधानी अपनाएर काम गर्नुपर्छ । नेपालको संविधानको अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ ।
उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ ।
पछिल्लो केही वर्षयता अनुगमनलाई चाडबाड लक्षित मात्रै गरिँदा प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार