टर्कीले इरानसँगको प्राकृतिक ग्यास र तेलको आयातलाई नरोक्ने
नेपालबहस संवाददाता
असोज ११, २०७६ आइतबार ३:२३:२
११ असोज, एजेन्सी । अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन् ।
इरानमाथि अमेरिकीले लगाएको नाकावन्दीका वाबजुद पनि टर्कीले इरानसँगको प्राकृतिक ग्यास र तेलको आयातलाई नरोक्ने एर्दोगानले प्रतिवद्धता जनाए।
विश्वका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्व शक्तिराष्ट्रहरूले सन् २०१५ मा इरानसँग आणविक सम्झौता गर्दै इरानमाथि लगाइएका आर्थिक प्रतिवन्धलाई विस्तारै खुकुलो पार्दै गइरहेका समय वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता संयुक्त राज्य अमेरिकाको हितमा नभएको भन्दै यसलाई नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि सम्झौतापहिले लगाइएका सबै नाकावन्दीलाई जारी राख्दै थप प्रतिवन्धहरूको घोषणा गरेको छ ।
अमेरिकाले इरानलाई नाकाबन्धी लगाएर तेहरानको तेल निर्यातलाई शुन्यमा झार्ने उद्देश्यसहित इरानसँग कारोबार गर्ने विश्वका अन्य मुलुकहरूलाई पनि इरानमाथि दवाव सिर्जना गर्न आह्वान गर्दै आएको छ ।
एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किनु पहिले पत्रकारहरूसँगको कुराकानीमा भने, “हामीले इरानसँगको तेल र ग्यास कारोबारमा टर्कीको इरानसँग रहँदै आएको सम्बन्धलाई रद्द गर्न सक्दैनौ ।”
उनले भने, “अमेरिकाले इरानमा रहेर काम गर्ने कम्पनीहरूलाई फिर्ता नबोलाएमा सम्बन्धित मुलुकलाई दिइँदै आएको सहयोगमा कटौति गर्ने चेतावनीपछि कतिपय निजी कम्पनीले इरानमा रहेका आफ्ना शाखाहरूलाई फिर्ता लाने क्रम बढेको छ ।”
खासगरी इरानबाट तेलको आयात गर्ने कतिपय मुलुकहरूले पनि अमेरिकी चेतावनीपछि आफ्नो इरानसँगको कारोबारलाई कम गरेका छन् । जसका कारण इरानमा आर्थिक सङ्कट बढ्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तेलको कारोबार लगायतका कतिपय बिषयमा टर्कीले इरानसँगको सम्बन्ध टाढा बनाउन नचाहने भनाइ एर्दोगानको रहेको छ । इरान, टर्की र रूसले पछिल्लो समय सिरियामा जारी आठ बर्षभन्दा लामो द्वन्द्व अन्त्यका लागि संयुक्त पहल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार