एक साताभित्र बिजुली बल्ने
नेपालबहस संवाददाता
असोज १२, २०७६ सोमबार ४:४२:४२
१३ असोज, चुरियामाई । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइ सवस्टेशन टावरमा जोड्ने काम सम्पन्न भएको छ ।
कुलेखानी जलविद्युत् आयोजनाका अनुसार विद्युत्गृह तथा टावर निर्माण सम्पन्न गरी तारसमेत टावरमा जोड्ने काम सकिएको छ । एघार वर्षदेखि निर्माण हुँदै आएको सो आयोजनाको सबै सामग्री परीक्षण गर्नुको साथै टर्वाइनसमेत घुमाएर परीक्षण गरिएको आयोजनाका प्रबन्धक कमल आचार्यले जानकारी दिए । “उत्पादित विद्युत् कुलेखानी–हेटौंँडा प्रसारणलाइनमा जोड्न तयारी अवस्थामा छ”, उनले भने ।
दशैंँ अगाडि नै विद्युत् प्रसारण लाइनमा जोड्ने तयारी आयोजनाले गरिरहेको आचार्यले बताए । असोज १४ गते चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्ने त्यसपछि विद्युत् उत्पादन गरी प्रसारण लाइनमा पठाइने आचार्यले बताए । ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत् उत्पादनमा ढिलाइ भएको उनको भनाइ छ ।
कम्पनीले रु आठ करोड जरिवानासमेत तिरिसकेको छ । चौध मेगावाट क्षमताको उक्त आयोजनालाई पूर्ण क्षमताको उत्पादनका लागि खानीखोलामा जोड्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार