श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागी पत्रकार महासंघद्धारा प्रदर्शन
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार २३:५२:२०
१३ असोज, काठमाडौं । श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
अझै पनि पत्रकारको हितमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेको भन्दै महासंघले काठमाडौंको बानेश्वरमा ऐन कार्यान्वयनका लागी दवाव दिन प्रदर्शन गरेको हो ।
उनीहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग समेत राखेका छन् । त्यस्तै महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग पनि राखेको छ । प्रदर्शनका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको हक र हितका लागी आफुहरुले दवाव दिने बताए ।
चाडपर्वका बेला पत्रकारहरुको सेवा सुविधाका बारेमा बुझ्न आफुहरुले सञ्चारगृहमा अनुगमन गरेको उनले बताए । त्यस्तै महासंघका उपाध्यक्ष दिलिप थापा मगरले सञ्चारमाध्यमलाई अंकुश लाउने काम राज्यबाट भए चूप लागेर नबस्ने चेतावनी दिए ।
प्रदर्शनका क्रममा महासंघका पदाधिकारीहरुले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार