दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक
नेपालबहस संवाददाता
असोज १८, २०७६ आइतबार १:३४:२५
१८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरुबीच वित्तीय एकता हुनुपर्ने बताएका छन् ।
भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य’ विषयक सत्रमा सम्बोधन गर्दै उनले दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण र आपसमा गहिरो आवद्धतालगायत यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए ।
अर्थमन्त्री डा खतिवडाले आर्थिक विकासको चरण, मानवस्रोत र प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत सात प्रतिशतको हाराहारीमा हुनसक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत असर पार्ने बताए।
दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनलाई विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्नेमा उनले जोड दिए ।
अर्थमन्त्री डा खतिवडाले व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एकअर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै रहेको र पर्यटनको विकासबाट रोजगारी सिर्जना भई आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी र विश्वकै अग्लो शिखर सगरमाथाले पर्यटकलाई धेरै कुरा दिन सक्ने स्मरण गराउँदै उनले नेपालले भ्रमण वर्ष सन् २०२० मनइरहेको हुँदा नेपाल भ्रमण गर्न सहभागी राष्ट्रका अधिकारीहरुलाई आह्वान पनि गरे । उनले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पूर्ति गर्न सार्वजनिक–निजी साझेदारी, मिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष भीजीएफ लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए ।
भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए । अर्थमन्त्री डा खतिवडाले नेपालमा सार्वजनिक ऋणको अंश कूल ग्राहस्थ्य उत्पादनको ३० प्रतिशत भएको जानकारी गराए ।
सहभागी विभिन्न देशका अधिकारीहरुसँगको भेटमा उनले व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार सङ्गठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल गरेका थिए ।
अर्थमन्त्री डा खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डबीच द्विपक्षीय भेटघाट भएको छ । भेटका क्रममा उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, सङ्घीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजश्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराएका थिए ।
भेटमा अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै चीन र भारतको बीचमा नेपाल अवस्थित भएकाले यी देशबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताए ।
उनले भारतीय समकक्षी निर्मला सीतारमण बीच भएको शिष्टाचार भेटमा द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार