ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
नेपालबहस संवाददाता
असोज २०, २०७६ मंगलबार १:३६:४०
२० असोज काठमाडौं । युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।
आर्थिक संकटसँग जुधिरहेको ग्रीसलाई ठूलो ऋण दिएका युरोपेली संघ–अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रीसले आर्थिक सुधार तथा निजीकरणका कार्यहरुलाई तिब्रता दिनुपर्ने शर्त राखेका छन् । ग्रीसमाथि आगामी वर्षहरुमा कूल गार्हस्थ्य उत्पादनको ३।५ प्रतिशत रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने दबाब छ ।
ग्रीसका प्रधानमन्त्री काइरियाकोस मिचोटाकिसले ऋणदातासँग यो लक्ष्यमा पुनर्विचार गर्न आग्रह गरे । ग्रीसले विगत छ वर्षदेखि झेल्दै आएको आर्थिक मन्दीबाट मुलुकलाई बिस्तारै सुधारका दिशामा अघि बढाए पनि ग्रीसको अर्थतन्त्र अझै पनि कमजोर अवस्थामा छ ।
ग्रीसको सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको १८० प्रतिशतभन्दा बढी छ । त्यहीकारण ग्रीसको अर्थतन्त्रमाथि ऋणदाताहरुबाट निरन्तर कडा निगरानी गरिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी निवर्तमान प्रमुख क्रिस्चियन लागार्डले गत महिना ग्रीसले ऋणदाताका लागि जिडीपीको ३.५ प्रतिशत छुट्याउनुपर्ने भन्ने शर्त निकै बढी भएको प्रतिक्रिया दिएका थिए । यसले ग्रीसको अर्थतन्त्र सुधारमा ठूलो अवरोध ल्याउन सक्ने उनले बताए ।
दशकौंसम्मको आर्थिक संकटका कारण ग्रीसले युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट संयुक्त रुपमा ३३० अर्ब अमेरिकी डलर ऋण लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार