इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित
नेपालबहस संवाददाता
असोज २०, २०७६ मंगलबार १:४०:४७
२० असोज एजेन्सी । इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका कारण यतिठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको यो पहिलो पटक हो ।
गत महिना वामेना नगरबाट भडकिएको हिंसाका कारण केही दर्जन मानिस मारिएका थिए भने केही पीडितलाई जिउँदै जलाइएको थियो । भवनहरुमा आगजनी गरिनुका साथै अरु कतिपय मानिसलाई छुरा प्रहार गरिएको थियो ।
गत अगस्टको मध्यदेखि पपुआमा आदिवासी पपुआ र बाहिरबाट आएका इन्डोनेसियालीबीच प्रदर्शन र हिंसात्मक झडप जारी रहेका छन् । गरिबीको चपेटामा रहेको पपुआका नागरिकले स्वतन्त्रताको माग गर्दै आएका छन् ।
बहुसंख्यक पपुआका नागरिक इसाई धर्मावलम्बी छन् । मुस्लिम बहुल इन्डोनेसियामा यी दुबै सम्प्रदायबीच वर्षौंदेखि तनाबको स्थिति रहने गरेको छ । गत सोमबार इन्डोनेसियाली वायु सेनाले करिब ११ हजार ४०० जनालाई सैनिक विमानबाट उद्धार गरेको थियो । उद्धार गरिएकाहरुमा अधिकांश आप्रवासीहरु रहेको सेनाले जनाएको छ ।
गत सेप्टेम्बरको अन्त्यदेखि अरु हजारौं व्यक्तिले बढ्दो असुरक्षाका बीच व्यवसायिक उडानबाट पपुआ छाडेको पनि सेनाले बताएको छ । मानव अधिकारवादी संस्थाहरुले वामेना हिंसाका क्रममा ३३ जनाको मृत्यु भएका सम्बन्धमा स्वतन्त्र छानबिन गर्न इन्डोनेसियाली मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् ।
उनीहरुले पपुआको हिंसाका बारेमा राष्ट्रसंघीय जाँचका लागि इन्डोनेसिया सरकारले अनुमति दिनुपर्ने माग पनि गरेका छन् । वामेनामा एक स्थानीय शिक्षकले विद्यार्थीका सम्बन्धमा गरेको जातीय टिप्पणीपछि हिंसा भडकिएको थियो । तर प्रहरीले उक्त भनाईको खण्डन गरेको छ ।
त्यसयता हजारौं आदिवासी पपुआ र अन्य सम्प्रदायका मानिसलाई उद्धार गर्नु परेको छ । सामाजिक संजालमा हिंसाका घटना दिनहुँ बढेको खबर फैलिएसँगै त्रासको वातावरण सिर्जना भएको थियो ।
तर पछिल्लो समय वामेनाका पसलहरु र विद्यालयहरु खुल्न थालेको पाइएको छ । हिंसाको भयका कारण अधिकांश विद्यार्थी विद्यालय नगई घरमै छन् । गत सातादेखि नै सरकारी कार्यालयहरु खुल्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार