४४ वर्षदेखि निरन्तर कुस्ती प्रतियोगिता, खेलप्रति युवाको रुची बढ्दै
नेपालबहस संवाददाता
असोज २३, २०७६ शुक्रबार ३:३६:२१
२३ असोज, परासी : तराई क्षेत्रको संस्कृतिसँग जोडिएको लोपोन्मुख कुस्ती (दङ्गल) खेलप्रति पछिल्लो समय युवाको मोह बढ्दै गएको छ । विगतमा निकै लोकप्रिय मानिने यो खेलप्रति युवाकै चासो नहुनु तथा नयाँनयाँ खेलका कारण यसप्रतिको मोह घटेको थियो । कुस्ती भनेपछि अहिले जो कोही पनि हुरुक्कै हुने गर्दछन् । दशैँ, तिहारजस्ता चाडपर्वमा तराईमा लाग्ने मेलापर्व र महोत्सवमा कुस्ती नै प्रमुख आकर्षणका रुपमा रहने गरेको छ ।
विभिन्न चाडपर्वको अवसर पारेर पश्चिम नवलपरासीमा कुस्ती प्रतियोगिताले निरन्तरता पाउन थालेपछि यसप्रतिको मोह बढ्दै गएको छ । अहिले यहाँका युवा नै कुस्ती खेल संरक्षणमा क्रियाशील छन् । मनोरञ्जनसँगै शारीरिक र मानसिक तन्दुरुस्तीका लागि कुस्ती खेल निकै उपयोगी मानिन्छ ।
कुस्ती संरक्षण र खेलाडी उत्पादन गर्न भन्दै पश्चिम नवलपरासीको परासीका युवाको सक्रियतामा विगत ४४ वर्षदेखि विराट कुस्ती प्रतियोगिता सञ्चालन हुँदै आएको छ । लोप हुन लागेको यो खेलको संरक्षण पनि हुने र यसप्रति पछिल्लो पुस्ताको आकर्षण पनि बढाउँदै खेलाडी उत्पादनका लागि ४४ वर्षदेखि निरन्तर कुस्ती प्रतियोगिता सञ्चालन गर्दै आएको रामग्राम नगरपालिका–२ का वडाध्यक्ष चन्द्रीका अग्रहरि बताउँछन् ।
यहाँको राधाकृष्ण कालिका एवं सङ्कटमोचन हनुमान मन्दिर व्यवस्थापन संस्था तथा दुर्गा पूजा समितिको आयोजनामा प्रत्येक वर्ष असोज शुक्ल एकादशीको दिन आयोजना गर्ने विराट मेलाको प्रमुख आकर्षण नै कुस्ती हुने गर्दछ । नेपाल र भारतका पहलमानले माटोको मञ्चमा अल्झिएर खेल्ने यो खेल हेर्न लाखौँ सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । दर्शकले निकै चाख लिएर यो खेल हेर्ने गरेका छन् ।
“कुस्ती संरक्षण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो, यसलाई हामी लोप हुन दिदैनाँै, निरन्तर हाम्रो प्रयास जारी रहनेछ”, समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष अग्रहरिले भने । प्रत्येक वर्ष नै आयोजना हुने यो प्रतियोगिताबाट स्थानीयस्तरमै कुस्ती खेलाडी उत्पादन भइरहेका छन् भने पुराना खेलाडीको हौसला बढेको विगत ४४ वर्षदेखि नै कुस्तीको प्रशिक्षकका रुपमा रहनुभएका रामवृक्ष यादवले बताए ।
“यो खेल हाम्रो मधेशको संस्कृतिसँग जोडिएको छ, तराईको गहना नै हो, यसलाई पर्वमा मात्र सीमित गर्नु हँुदैन”, उनले भने । अहिले तीन तहका सरकार रहेको अवस्थामा अन्य खेललाई जस्तै कुस्ती खेल र खेलाडीको विकासमा ध्यान दिनुपर्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी विचार राख्छन् ।
यसैबीच यस वर्ष पनि बुधबार नेपाल र भारतका राष्ट्रियस्तरका पहलमानहरुको सहभागितामा परासीमा सञ्चालन गरिएको विराट दङ्गल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतका पहलमान अनिल शहानी र नगेन्द्र यादवले फाइनल खेलमा बराबरीमा रोकिएपछि दुवै जनाले उपाधि बाँडेका हुन् । ४० पहलमानले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार