नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई महत्वका साथ हेरेको छ
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १३:२:४८
२५ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताहरूले शनिबार आजदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताएका छन् ।
शुक्रबार आयोजित साक्षात्कारमा उनीहरूले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताए ।
नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी चिनफिङबाट नेपाल भ्रमण हुने खबरले कांग्रेस हर्षित भएको बताउँदै नेपाली कांग्रेसले उनको भ्रमणलाई महत्वका साथ हेरेको बताइन । कोइरालाले भनिन, “नेपाली कांग्रेसले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको छ ।”
नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा नेतृत्वको वर्तमान सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उत्साहका साथ स्वागत गर्ने बताए । लगानीको दृष्टिले विश्वमा एक नम्बर तथा अर्थतन्त्रको हिसाबले दोस्रो नम्बरमा रहेको चीनसँग शनिबार आजदेखि हुने चिनियाँ नेतासँगको भ्रमणका क्रममा सरकारले चीन वा भारत कतैतर्फ पनि नढल्किकन कुरा गर्ने बताए ।
उनले पारस्परिक हित तथा सहयोगको आधारमा मित्र मुलुक चीनसँग केरुङ–काठमाडौँ रेलमार्गको विषयमा पनि छलफल केन्द्रित हुने बताए ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले सम्पूर्ण नेपालीले २३ वर्षपछि चिनियाँ नेताको स्वागत गर्न पाउनु ऐतिहासिक तथा दूरगामी महत्वको भएको बताए । चिनियाँ नेताको उच्चतहको भ्रमणलाई नेपालले शान्ति, असंलग्नता, पञ्चशील सिद्धान्तको आधारमा कुरा गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार