स्काभेटरले लियो मानबहादुर बोहराको ज्यान
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १७:२०:३९
२७ असोज, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।
घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ । उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ ।
स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
गाडीको ठक्करबाट एकको मृत्यु
भरतपुरको चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।
ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अन्दाजी ३०÷३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो : एकको मृत्यु, एक गम्भीर घाइते
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार