मैतीदेवी मन्दिरको एक रोपनी जग्गा कसले मिच्यो ?
नेपालबहस संवाददाता
असोज २९, २०७६ बिहिबार ०:१७:१
२९ असोज, काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करीब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ ।
पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये विसं २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको थियो । वडा कार्यालयले नर्सरी सञ्चालन गर्न जग्गा दिएपछि मन्दिर क्षेत्र अस्तव्यस्त बनेको दर्शनार्थी रामसुन्दर बजगाईंले गुनासो गरे ।
मन्दिरको जग्गाबाट नर्सरी हटाउन पहल भइरहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नहुँदा शहरी विकास तथा भवन निर्माण विभागले तोकेको कर्मचारी संयन्त्रले मन्दिर सञ्चालन गर्ने गरेको थियो । हाल काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्षको अध्यक्षतामा मन्दिर क्षेत्र प्रबन्ध समिति बनेको छ ।
समितिले मन्दिर क्षेत्रलाई सुन्दर एवं आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन लागेको अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए। बाक्लो बस्तीका बीचमा रहेको धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित बनाई आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने वडाको योजना छ ।
मन्दिर व्यवस्थित बनाउन सञ्चालन निर्देशिका मस्यौदा गरी काठमाडौं महानगरपालिका कार्यपालिकामा पेश गरिएको समिति सदस्य विश्वराज रेग्मीले बताए । नगर कार्यपालिकाले निर्देशिका पारित गरेपछि नर्सरीलाई हटाई मन्दिर क्षेत्र थप आकर्षक र व्यवस्थित गर्न लागिएको हो । मैतीदेवी मन्दिरअघिको धर्मशाला चार वर्षअघिको भूकम्पले भत्किएपछि अझै पुनःनिर्माण हुन सकेको छैन ।
पशुपतिनाथमा गाईले दूध चढाएपछि खनेर हेर्दा ठूलो ढुङ्गा भेटिएको थियो । ढुङ्गालाई बञ्चरोले हान्दा तीन टुक्रा भयो । एक टुक्रा हालको पशुपतिनाथ मन्दिरमै रहेको छ । अर्को टुक्रा ज्ञानेश्वरको महादेव मन्दिरमा छ । तेस्रो टुक्रामा मैतीदेवी मन्दिर बनेको किंवदन्ती प्रचलित छ । पशुपतिनाथ मन्दिरको तुलनामा मैतीदेवी ज्ञानेश्वरको महादेव मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार