लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १२:१०:४९
१ कात्तिक, काठमाडौं । लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दाबढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।
आप्रावासी सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीले ११ महिला र आठ बच्चासहित ८२ अवैध आप्रवासीलाई उद्धार गरेको नौसेनाका प्रवक्ता अयोब काससेमले बताए ।
त्रिपोलीबाट ४५ किलोमिटर पश्चिममा रहेका तटीय शहर जबियाबाट ६५ किलोमिटर टाढा रहेको स्थानामा सो उद्वारकार्य भएको बताइएको छ । त्रिपोलीभन्दा १२० किलोमिटर पूर्वमा रहेको खोम्सको तटमा अघिल्लो दिनमा लिबियाको नौसेनाले ९० जना अवैध आप्रवासीलाई उद्धार गरेका थिए ।
सन् २०११ बाट लिबिया असुरक्षा र अराजकताको घेरामा परेको छ । लिबियाली वरिष्ठ नेता मुअम्मर गद्दाफीलाई २०११ मा हटाइएपछि हजारौँ अवैध आप्रवासी जसमा अधिकांशत अफ्रिकीले लिबियाबाट भूमध्यसागर पार गर्ने निर्णय गरेका थिए ।
सुरक्षा बिग्रिएको सुरक्षा अवस्थाका कारण लिबिया शरणार्थीको शरणस्थानको लागि सुरक्षित स्थान नभएको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बारम्बार बताउदै अाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार