देब विकास बैंकका डेपुटी सीईओसहित ५६ जना बिरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १७:५५:१८
४ कार्तिक,काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंक र देव विकास बैंक मर्जरको अन्तिम चरणमा रहेका बेला एकजना शाखा प्रबन्धकको नेतृत्वमा घटाइएको १८ करोड घोटाला प्रकरणमा तत्कालीन वेष्टर्न डेभलप्मेन्ट बैँकका सञ्चालकसहित ५६ जनाविरुद्ध प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता गरेको छ । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको बैँकको शाखाबाट १८ करोड रुपैयाँ चमत्कारिक ढंगले घोटाला गरेको तथ्य गत भदौमा सार्वजनिक भएको थियो ।
हिजो आइतबार जिल्ला सरकारी वकिल कार्यालयले बैंकका अध्यक्षसहित ६ जना सञ्चालक, अडिटर, सीईओसहित ६ जना बैंक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना खातावालसहित ५६ जनाविरुद्ध तुलसीपुर उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो ।
सीआईबी र राष्ट्र बैंकको विशेष अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय दाङले १८ करोड घोटाला प्रकरणलाई शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो । मुद्दा दर्ता गर्ने क्रममा बैंक सञ्चालकहरू, अडिटर र सीईओ फरार रहेको उल्लेख गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख सुशील देवकोटाले तत्कालीन वेष्टर्न बैंक नारायणपुर हाल देव विकास बैंकका म्यानेजर समीर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सीईओसहितका कर्मचारीहरू र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगी तथा मतियारका रूपमा मुद्दा दर्ता गरिएको बताए।
सरकारी वकिल कार्यालयले बैंकको रकम घोटाला प्रकरणमा तत्कालीन वेष्टर्न बैंकका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटाविरुद्ध बैंकिङ कसुरमा मद्दा चलाएको छ । त्यस्तै, तत्कालीन वेष्टर्न बैंकका सीईओ खीमबहादुर डीसी, बैंकका कर्जा विभाग प्रमुख अनीलकुमार न्यौपाने, लेखापरीक्षक बुटवलका प्रेम भुर्तेल, ऋण सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्तबहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको हो। सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको बिगो देखाएको छ। दोब्बर बिगो ३६ करोड बढी रकमसहित जरिवाना र अभियुक्तलाई कैद सजायको माग गरिएको छ।
सबैको ध्यान मर्जरमा गईरहेको बेला तत्कालीन शाखा म्यानेजर बुढाथोकीले ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैंकको सो रकम हिनामिना गरेको अनुसन्धानका क्रममा देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार