फोहोर र अखाद्य मिठाइकाे बिगबिगी बढेपछि बजार अनुगमन तिब्र
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १५:५:५९
७ कार्तिक, कैलाली । धनगढीका मिठाइ पसलहरुमा असाध्यै फोहोर र अत्याधिक मिसावट सहितका अखाद्य मिठाइको बिक्रीवितरण भइरहेको सुचनाका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन थालेको छ । नजिकिँदै गरेको नेपालीहरुको महान् चाड तिहार र छठको मौका छोपी व्यापारीहरुले जनस्वास्थलाई असर गर्ने मिठाइहरु बजारमा बिक्री गर्दै आएका थिए ।
यस क्रममा मङ्गलबार र बुधबार गरी मुख्य बजारका १९ मिठाइ पसलमा गरेको अनुगमनमा सङ्कलित नमूनामा पिठो मिसिएको पाएपछि कार्यालयले बसपार्कको भद्रपुर स्वीट हाउस, अदालत रोडको मधुवन स्वीट हाउस, पुष्पलालचोकको सदाबहार फास्टफुड, जुगेडा रोडको नवीन होटल र मोतीचोकको अनुकल डेरी गरी पाँच पसलबाट झण्डै आठ किलोग्राम पिठो मिसिएको मिल्केक पाइएपछि मिठाइ जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए ।
त्यस्तै क्याम्पस रोडको न्यू अनुपमा स्वीट एण्ड बेकरीको उत्पादनस्थल अत्यन्तै फोहर रहेको पाइएपछि उत्पादन रोक्का गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले बताए । नवीन होटल र सदावहार फास्टफुडबाट उपभोग्य मिति सकिएको १६ लिटर जति पेय पदार्थ पनि जफत गरिएको छ ।
तिहारको समयमा मिठाइ बढी बिक्ने भएका कारण मौका छोपेर मिसावट गरी बिक्री वितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्य अनु्सन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा अनुगमन टोली खटाइएको र टोलीले हरेक पसलबाट नमूना सङ्कलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार