ग्लोबल आइएमई र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता
नेपालबहस संवाददाता
कात्तिक ७, २०७६ बिहिबार १७:३४:१५
७ कार्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।
अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ ।
साउदी अरबका लागि नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा दुवै बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा बोल्दै राजदुत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अलबिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहज हुने बताउँदै नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताए । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीच अन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको बताए ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उहाँले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पढाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताए ।
यी दुई बैंकबीच गत जेठ १३ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्त अधिराज्य, अष्टे«लिया, दक्षिण कोरिया, जापान र जोर्डनका विभिन्न कम्पाीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार