कांग्रेस उम्मेदवार तोक्न कस्सियो
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार १९:१:१३
१४ कार्तिक, काठमाडौं । आउने मंसिर १४ मा हुन गइरहेको संसदीय, प्रदेश र स्थानीय तह अन्तर्गत उपनिर्वाचनमा उम्मेदवार तोक्न नेपाली कांग्रेस पदाधिकारी वैठक भर्खरै सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु भएको पदाधिकारी बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट सिफारिश भएका नामबाटै उमेदवार तय गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
तिहार अघि नै नाम तय गर्ने भनिएको भएपनि प्रमुख राजनीतिक दलहरुले उमेदवार टुंग्याउन सकेका छैनन् । आजको वैठक उप निर्वाचनमा मात्रै केन्द्रित हुने प्रवक्ता शर्माले जानकारी दिए ।
पदाधिकारी वैठकले तय गर्ने नामलाई आजै वस्ने केन्द्रीय कार्यसमिति वैठकले अनुमोदन गर्ने पनि प्रवक्ता शर्माले बताए । अब हुने उप निर्वाचनमा कास्की २ मा संसदीय , भक्तपुर १ क , बाग्लुङ २ ख र दाङ २ ख मा प्रदेश सभाको रिक्त पद रहेको छ ।
यस्तै धरान नगरपालिका लगायत ५२ स्थानीय तहमा पनि मंसिर १४ मा उप निर्वाचन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार