गौचरण बनेको थामडाँडा पर्यटकीय गन्तव्य बन्दै
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार १९:३७:२६
१४ कार्तिक, काठमाडौं । कुनै बेला गाई, गोरु र बाख्रा चराउन प्रयोग हुदै आएको थामडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिदैछ । मान्छेको बसाई सराई पछि लुकेको थामडाँडालाई यहाँका वासिन्दाले पर्यटकीय गन्तव्य बनाउन अगाडी बढेका छन् ।
सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउन लागिरहेका बेला पर्यटकीय गन्तव्यका ठाँउहरु स्थानीयले पनि खोजी गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय पर्यटन व्यवसाय आयआर्जनको गतिलो माध्यम बन्न थालेपछि वालिङ ६ थामडाँडाका बासिन्दाहरु पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन् ।
वालिङ बजारबाट छोटो दुरीमा पुग्न सकिने र जताततै हेर्न सकिने मनोरम क्षेत्र थामडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न केही पुर्वाधारहरु समेत निर्माण गरिएको छ । पुर्वाधार निर्माण विना पर्यटकीय गन्तव्य बनाउन सकिदैन भन्ने उदाहरण थाहा पाएपछि यहाँका वासिन्दाले डिभिजन वन कार्याललयको सहयोगमा भ्यूटावर र कृतिम पोखरी निर्माण गरेर शुरु गर्न थालेका छन् ।
सामान्य कच्ची सडक निर्माण गरेर पुग्न सकिने व्यवस्था सहित यहाँका वासिन्दाले वालिङ आउने पर्यटकलाई घुम्न पाउने वातावरण मिलाउनका लागि पनि यो प्रयास शुरु गरेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउँछन् । सरकारले पर्यटन बर्ष मनाउदै गर्दा सरकारको लक्ष्य गाँउ फर्क अभियान पनि रहेको काफ्लेले बताए ।
गाँउ छोडेर शहर केन्द्रित हुदै जानेक्रम बढेको छ डिभिजन प्रमुख काफ्लेले भने, “पर्यटकीय विकास सगै शहर केन्द्रित भएका मान्छेलाई गाँउ फर्काउने अभियान पनि हो ।” गाँउ छाडेर शहर केन्द्रित हुदा जल, जमिन र माटोको संरक्षण हुन सकेन यस्ता कार्यक्रम अगाडी बढाउदा बाटोघाटो सहित सबै विकास हुन्छ भन्ने लक्ष्य सरकारको हो उनले भने । सामान्य पुर्वाधार निमाण मात्रै गरेर नछाड्न आग्रह गर्दै काफ्लेले भने अव स्थानीय जाग्नु आवश्यक छ । सरकारले मात्रै लगानी गरेर पर्यटकीय क्षेत्र नबन्ने भन्दै स्थानीयहरुलाई स्थानीय उत्पादनमा जोड दिदै प्रयोग गर्न पनि काफ्लेले आग्रह गरे ।
स्थानीय सरकारले मात्रै लगानी गरेर पर्यटक आउने सम्भावना कम हुने भएकाले गाँउले आफै यसकालागि लाग्नु आवश्यक देखिन्छ । स्याङ्जाको मध्यभागमा रहेको वालिङ नगरपालिका होमस्टे सँगै आफैमा पर्यटकीय गन्तव्यका धेरै क्षेत्रहरु रहेको पाईन्छ । स्थानीय सरकारको संरक्षण र स्थानीय जनताको चासो रहेमा वालिङ नगरपालिका गण्डकी प्रदेशको पोखरा पछिको अर्को शहरका रुपमा विकसित हुनसक्ने सम्भावना पनि रहेको छ । हिमाल, पहाड र तराईकै जस्तो तिनतहको मौसम अनुभव गर्न सकिने नगरपालिका रहेको वालिङ नगर उपप्रमुख कल्पना तिवारी बताउछिन् ।
यस्तो फरक–फरक प्रकृतिको मौसम भएको भुगोलको संरक्षण गर्न नगरपालिका तयार छ उपप्रमुख तिवारीले भनीन्, “यसमा स्थानीयहरुको पनि साथ सहयोग आवश्यक छ ।” समय सापेक्ष अनुसार जिवनशैली पनि परिवर्तन गर्न सके मात्रै लक्ष्य प्राप्त गर्न सकिने तिवारीले बताईन् । सिमित श्रोत साधनले धेरै काम गर्नुपर्ने बाध्यता स्थानीयतहमा रहेको बताउदै तिवारीले आवश्यकता अनुसारका कामलाई नगरपालिकाले प्रथामिकता दिने बताईन् ।
सिद्धार्थ राजमार्गको मिर्दिबाट ३ किलोमिटर पक्की र ३ किलोमिटर कच्ची सडक पार गरेपछि पुग्न सकिने थामडाँडा जैविक विविधताले भरिएको ठाँउ हो । समुन्द्री सतहबाट करिब ११ सय मिटर उचाईमा रहेको थामडाँडाबाट मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ । नागबेली झै बगेको एतिहासिक आँधीखोला, हिमश्रखलाहरु र मानवबस्तीहरु देख्न सकिन्छ ।
यसको शुरुवात मात्रै गरेको र यसका लागि धेरै पुर्वाधार निर्माण गर्न जरुरी रहेको बैडा थाम सामुदायीक वन उपभोक्त समितिका अध्यक्ष माया पाण्डे बताउछिन् । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्दै यहाँ उत्पादन हुने स्थानीय उत्पादनलाई बढवा दिने प्रयास हाम्रो रहने पाण्डेको भनाई छ । यसमा सरकारी निकायले पनि साथ र सहयोग गरिदिन उनले आग्रह गरिन् ।
ब्रामण, मगर र दलित बस्ती रहेको यो ठाँउका लागि करिव ७ लाखमा भ्युटावर र कृतिम पोखरी निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन अगाडी बढेका यहाँका बासिन्दालाई सरकारी निकायले पनि चासो दिनु पर्ने देखिन्छ । स्थानीय जनता र सरकारी निकायले यस्ता मनोरम क्षेत्रको आवश्यक पुर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउन सके सरकारले अगाडी सारेको २०२० को पर्यटन बर्ष सफल देखिने र स्थानीयको आयआर्जन बढ्ने स्थानीय समाजसेवी नेत्रप्रसाद पाण्डेको भनाई छ । स्थानीयतहले यस्ता नयाँ आयम दिने पर्यटकीय क्षेत्रको खोजी गर्नु जररुी देखिन्छ भन्छन् स्थानीवासी पाण्डे । यस्ता क्षेत्रको प्रवद्धनमा स्थानीय सरकारले चासो राख्नु आवश्यक देखिएको पाण्डेको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार