पाँच महिना पछि स्टिमर यात्रा सुचारु
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार २०:२८:१६
१४ कार्तिक, काठमाडौं । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण बन्द भएको जलयातायात (स्टिमर सेवा) पुन सुचारु भएको छ । कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकाले स्टिमर सेवा सुचारु गरिएको शालिग्राम कालीगण्डकी जलयातायात प्रा.लिका सचिव चन्द्रबहादुर रानाले बताए ।
वर्षामा कालीगण्डकी नदीमा पानीको बहाव धेरै हुने र दुर्घटना हुन सक्ने उच्च सम्भावना रहेकाले मध्ये जेष्ठबाट असार, साउन, भदौ र असोज महिना सेवा बन्द गरिएको सचिव रानाले बताए । रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी आँधीमुहनदेखि पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दुरीमा विगत १७ वर्षदेखि जलयातायात (स्टिमर) सेवा संचालनमा छ ।
स्टिमर सेवाबाट स्याङ्जा, पर्वत, गुल्मी र वाग्लुङ्का बासिन्दा लाभान्वित हुने गरेको रानाको भनाई छ । स्टिमरबाट दैनिक एक हजारभन्दा बढिले नदी ओहोर दोहोर गर्ने गरेको सचिव रानाले बताए । एक सय जना सवार गर्न मिल्ने स्टिमर १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई ओटा सञ्चालन भैरहेको बताए । स्टिमर सेवा सञ्चालन पछि चार घण्टाको यात्रा आधा घण्टामै छोटिएको रानाको भनाई छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयलाई बन्द स्टिमर सेवा सुचारु भए पछि सहज बनाएको गल्याङ्का स्थानीयवासी गुरु भट्टराईले बताए । उनले यो सेवाले जिल्ला वाहिर रहेका स्थानीयलाई तिहार मनाएर गाउँमा फर्कन सजिलो हुनेछ उनले भने, “साढे चार महिना महिना सास्ती खेप्नु प¥यो ।” यातायात बन्द हुँदा आधा घण्टाको बाटो चार घण्टा पैदल हिड्नु पर्ने अवस्था थियो उनले भने ।
कालीगण्डकी गाउँपालिकाका प्रमुख खिमबहादुर थापाले धेरै जसो पर्यटकहरुले स्टिमरमा यात्रा गर्ने गरेको बताए । उनले सेतीवेणीमा रहेको विश्व विराट शिला शालिग्रामको दर्शनका लागि आउने धार्मिक पर्यटकहरु र स्टिम्मर चढ्नकै लागि आउने पर्यटकहरुले यो सेवा लिने गरेको बताए ।
‘कालीगण्डकी नदीको वारीपारी कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिरोडोर निर्माण भए पछि कतिपय स्थानीय तीनै सडकमा गाडीमा यात्रा गर्छन । थापाले भने विगतमा स्थानीयको यात्राका लागि र मालसामान ढुवानीका लागि प्रयोग भए पनि अहिले विशुद्ध पर्यटकहरु मात्र स्टिरमा यात्रा गर्ने गर्छन । अन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा स्टिम्मर छ । थापाले भने अवको वैसाख सम्म दैनिक २५ देखि ३० वटा वस रिर्जब नै गरेर पर्यटक यहाँ आउँछन । उनले यहाँ आउँने पर्यटको सुविधाका लागि गाउँपालिकाले खाना, आवास र सुरक्षामा कुनै कमि हुन नदिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार